कला / मनोरञ्जन

क्यानाडामा धुर्मुस सुन्तलीलाई १० लाख नेपाली नगद सहित सम्मान गरिने

By canadakhabar

September 03, 2017

१ सेप्टेम्वर, क्यानाडाखवर.कम, क्यालगरी व्युरो । क्यानाडामा धुर्मुस सुन्तलीलाई १० लाख नेपाली नगद सहित सम्मान गरिने भएको छ । क्यानाडाको क्यालगरीमा कार्यरत स्थानीय संस्थाहरु नेपालीज कम्युनिटी सोसाइटी अफ क्यालगरी, क्यालगरी नेपालीज कम्युनिटी एशोसिएशन, किराँत याक्थुङ्ग चुम्लुङ्ग क्यानाडा लगायतका सँस्थाहरुले धुर्मुस ुुन्तली फाउन्डेसनले नेपलाी समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गर्न लागेका हुन । आउदो सेप्टेम्वर ९ तारिख क्यालगरीको मंगोलिया हलमा हुने धुर्मुस सुन्तली साँझ कार्यक्रमको अवसर पारि सम्मान गर्न लागिएको आयोजक कमिटीले क्यानाडाखवरलाई जानकारी दिएको छ धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ सेम्टेम्वर ९ मा क्यालगरीको फाल्कोनरिज (देशीबजार) स्थित मंगोलिया व्याङ्कवेट हलमा आयोजना गरिएको धुर्मुस सुन्तली साँझ २०१७ को अवसर पारि सम्मान गरिने बताउदै आयोजकले उपश्थितीका लागि सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) का साथै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने भएको छ । कार्यक्रमको प्रत्यक्ष अवलोकनका लागि गोल्ड, सिल्भर र ब्रोञ्ज गरि तीन किसिमका टिकटहरु बजारमा उपलव्ध गराइएको छ । जसका लागि सर्वसाधरणले गोल्ड, सिल्भर र ब्रोञ्ज क्रमस १००, ५० र ३० क्यानेडियन डलरमा टिकट खरिद गर्नु पर्ने आयोजक कमिटीले जनाएको छ ।

Save