कविता
मुरारी अधिकारी हेर्दा त लाग्छ सामान्य फुल फुल्दछ झर्दछ मानव जस्तै जन्मिन्छ अनि बृद्ध भइ मर्दछ
कोपिला बनि देखाउछ यसले बाल्यकाल रमायो फूलेर सुन्दर बनेर फेरि युवालाई देखायो
झरिलो बन्छ आकर्षित सबलाई लोभ्याउने बनाउछ ओइलाउदै झर्छ जीवन यस्तैहो मानवलाई सम्झाउछ
सुन्तला फुल्छ जुनार फुल्छ फुल्दछ भक्मिलो कोहि फल सार्है गुलिया हुन्छन कोहि हुन्छन अमिलो
हिमालमा फुल्छ पहाडमा फुल्छ फुल्दछ तराई कोहि छैन यसको आफन्त नजिक कोहि छैन पराई
सबैलाई दिन्छ सुवास सौन्दर्य गर्दैन अर्घेली कसैलाई लाखा कसैलाई पाखा गर्दैन पर्घेली
फक्रेको फूलमा मौरी भमरा आउदछ लिन रस माहुरीले लिन्छ मह बनाई दिन्छ भमरा लिन्छ बस
बिहानमा फुल्छ साझमा नि फुल्छ फुल्दछ रातमा खुसि हुनलाई समय हैन मन चाहिन्छ साथमा
तोरीमा फुल्छ धानमा फुल्छ मकैमा फुल्दछ किसानका साथमा रमाउदै फुल धानमा झुल्दछ
पारिजात जस्तो रातमा फुली बिहानमा झर्छन कोइ मान्छेमा पनि कोहि छोटा आयु हुदैन हाम्ले रोइ
फुलैले गर्छ सृष्टि निरन्तर फूल बिना हुदैन धेरै फल लाग्छ केहि न्युरो हुन्छ चिन्ताले छुदैन
हिलोमै फुल्छ कमल सुकिलो सुन्दरता छरेर आफैले सुन्दर बनाउ संसार रमाइलो गरेर
बिबिधता भित्र सुन्दरता हुन्छ फुलले भन्दैछ बारीमा भिरमा गमला भित्र जमेर फुल्दैछ १११
चल्दैन एउटै समय सधैँ घुमेर आउछ दिन शिशिर जान्छ शीतमा रुँदै बसन्त आउने छिन
थुंगामा हुन्छ फुलको सौर्य चुडेछी हराउछ संघिय भयो नेपाल भन्छौ यो मन डराउछ