कला / मनोरञ्जन

क्यालगरीमा मुर्चुङ्गा प्रदर्शन हुँदै

By canadakhabar

October 12, 2017

सेम्टेम्वर ९ क्यानाडाखबर .कम क्यालगरी वयुरो । क्यानाडाको क्यालगरीमा नेपाली कथानक चलचित्र मुर्चुङ्गा प्रदर्शन हुने भएको छ । दिल प्रकाश याक्सोद्धारा निर्देशित चलचित्र यहि नोभेम्वर ४ तारिख (शनिवार) का दिन क्यालगरी डाउन टाउन स्थित ग्लोव सिनेमा हलमा प्रदर्शन हुन लागेको हो । साँझ ३ बजे देखि शुरु हुने चलचित्र हेर्नको लागि १५ क्यानेडियन डलरका टिकटहरु बजारमा उपलव्ध गराईको आयोजक राजेन्द्र चोङ्गवाङ्गले जानकारी दिएका छन ।

पुर्वी नेपालको गाउँघरमा प्रचलित प्रेम कथाबस्तुमा आधारित चलचित्रमा नायक जीवन लिम्वु, र नायिका कला किराँतीले जीवन्त अभिनय गरेका छन । चलचित्र यथार्थ जीवन कथामा आधारित चलचित्रमा प्रेम, हास्य रोदन, द्धन्द्ध लगायत नवरसको समिश्रण गरि निर्माण गरिएको छ । चलचित्रमा उदय सुव्वा, हाँस्य कलाकारहरु बुद्दि तामाङ्ग (हैट), सुरवीर पण्डित, विण्णु सापकोटा (हर्के हवल्दार) र क्यालगरी निवासी राजेन्द्र चोङ्गवाङ्ग लगायतले अभिनय गरेका छन । भाषा, कला, संस्कृतिलाई माया गर्ने सम्पुर्ण नेपाली भाषीहरुलाई उपश्थितीका लागि आयोजक कमिटीले अनुरोध गरेको छ ।