कला / मनोरञ्जन

नेपाली फिल्म ‘दुई रुपैया’ क्यानाडा प्रर्दशनी गरिदै

By canadakhabar

November 19, 2017

क्यानाडाखबर संबाददाता । टोरोन्टो – क्यानाडा

नेपाली कथानक चलचित्र दुई रुपैया क्यानाडामा प्रदर्शन हुने भएको छ । आउंदो आईतवार अर्थात नोभेम्बर २६ मा मिसिसागा स्थित सिनेस्टार हलमा दिनको २ बजे फिल्म देखाइने छ ।

क्यानाडा बस्दै आएका कुन्दन घिमिरेको   मुख्य पहलमा फिल्म क्यानाडा आइपुगेको हो । क्यानाडाको विभिन्न शहरहरुमा समेत चलचित्र देखाइने तयारी भैरहेको घिमिरेले  बताए । जिटिए आसपासमा रहेका नेपालीहरुलाई फिल्म हेर्न आईदिन उनले आग्रह समेत गरेका छन् ।

नेपाली कला संस्कृती  र चलचित्रको प्रबर्दन गर्दै बिदेशमा बस्ने नेपालीहरुलाई फिल्म हेर्ने प्रबन्ध मिलाउन आफूहरु लागि परेको घिमिरेले बताए ।