ज्ञानगुन

कति बेला पानी नपिउने ?

By canadakhabar

November 20, 2017

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ । यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ

– पल्टिएको बेला – दिसा गरेर आउनासाथ – पिसाब गरेर निस्कनासाथ – दूध खाइरहेको बेला – चिया खाइरहेको बेला – चना खाइरहेको बेला – भोजन गरिरहेको बेला – भोजन गरेलगत्तै – हिँडेर बेस्कन थाकेको बेला – असिनपसिन भएको बेला – कडा शारीरिक श्रम गरेर आउनसाथ – व्रत सकिनासाथ