सुवास सिम्खडा क्यानाडाखबर संवाददाता – कोरिया ।
धादिङ समाज कोरियाले नेपाली कथानक चलचित्र मिस्टर झोलेलाई कोरियास्थित सोलमा प्रदर्शन गर्ने भएको छ । यही जनवरी २८ आईतवार दिउसो १ बजे देखी प्रदर्शन हुने यो सिनेमा हेर्न आईदिन आयोजक संस्थाले अनुरोध समेत गरेको छ ।
कलाकार दयाह्याङ राइ,बुद्दी तामाङ,वर्षा सिवाकोटी लगायतको अभिनय रहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यस चलचित्र प्रदर्शनबाट प्राप्त रकम धादिङ जिल्लाको बिकट ठाउँंहरुमा स्वास्थ्य उपचारार्थ सहयोग गरिने आयोजकले जनाएको छ
थप जानकारीको लागि मिति: २८ जनावरि २०१८ (आईतबार) समय: दिनको १:०० बजे स्थान: जोग्यसा गुम्बाको हल
जाने तरिका: Seoul Metro Line No. 1 को 종각 Station Gate No. 2 बाट सिधा पर ।
थप जानकारीका लागि शन्तोष अधिकारी: ०१०२१६२७२०४ भरत सूबेदी: ०१०२२१०९१३८ शंकर नेपाल: ०१०४६३९९१५३ बसन्त सिमखड़ा:०१०६९५६४८१८ रमेश श्रेष्ठ:०१०४२०६५६५३ फलिन्द्र ईंटनी:०१०३०५९५२२४ यात्री राज:०१०६४६७१६४९