समाचार

क्यानाडामा ‘भ्यालेन्टाइन डे’ बिशेष कार्यक्रम हुँदैं

By canadakhabar

February 07, 2018

क्यानाडाखबर संबाददाता टोरोन्टो,क्यानाडा ।

आउदो आईतबार क्यानाडाको मिसिसागा स्थित प्रित ब्यन्कुट हलमा भ्यालेन्टाइन बिशेष कार्यक्रम हुने भएको छ । क्यानाडामा ट्राभल्स सर्भिस दिदै आएका कृष्ण ध्वजु ‘पासा’ को आयोजना हरेक वर्ष यो कार्यक्रम हुँदैं आएको छ ।

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ को अबसर पारेर गर्न लागिएको कार्यक्रममा टोरोन्टोमा रहेका स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुतीहरु रहने बताए । कार्यक्रममा सहभागी उत्कृष्ट जोडीलाई पुरस्कार समेत दिईने पासाध्वजुले बताए । सहभागीले लगाएको ड्रेसअप,मेकअप को आधारमा उत्कृष्ट छनोट गरिने उनले जनाए ।