कला / मनोरञ्जन

मायाको जालमा फसेका रोशनले गुमाए ‘नागमणी’ ( हेर्नुहोस् भिडियोमा )

By canadakhabar

March 09, 2018

क्यानाडाखबर संबाददाता, टोरोन्टो, क्यानाडा ।

डुल्दै जादां समुद्रको तटमा नागमणी भेट्छन एक युवकले, उनिसंग रहेको मणी हात पार्न एक युवती लागि पर्छिन विभिन्न बाहानामा मायाजालमा फसाएर केटाबाट मणी फुस्काउछिन र केटी फरार हुन्छिन् यो कुनै यथार्थ घटना नभएर एक म्युजिक भिडियोमा तयार पारिएको कथाबस्तु हो ।

पछील्लो समय अमेरिका बस्दै आएका गायक बिराट कडरियाको नयाँ गीत ‘ मार्यो नि हो मलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

क्यानाडामा छायाङ्कन गरिएको भिडियोमा मोडल रोशन केसी,मणी बर्तौला र मिरा महर्जनले अभिनय गरेका छन् । भिडियोलाई गोविन्द नेपालले खिचेका हुन् । भिडियोको सम्पादन निशान घिमिरे सम्पादन गरेका हुन् ।