समाचार

एनआरएनएमा टास्क फोर्स गठन, को को छन् त क्यानाडाबाट ! ( पूर्ण विबरण )

By canadakhabar

March 20, 2018

क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।

गैर आवासीय नेपाली संघले विविध क्षेत्रका बिज्ञहरुलाई समेट्दै आफ्ना गतिविधी संचालन गर्न सहज गराउन विभिन्न समिती,उपसमिती (टास्क फोर्स ) तयार गरेको छ । समितीहरुमा क्यानाडाबाट पनि समेटिएका छन् ।

एनआरएनए ग्लोबल भाषा तथा साहित्य समिती नर्थ अमेरिका उप संयोजकमा क्यानाडाबाट डा गोविन्दसिंह रावत र सदस्यमा सुरेन उप्रेतीले जिम्मेवेरी पाएका छन् , त्यस्तै गरी खेलकुद बिभागमा नर्थ अमेरिकाबाट क्यानाडाका गिरी बुढाथोकी सह- संयोजक रहेका छन् ।

त्यस्तै एनआरएन ग्लोबल मिडिया टिममा क्यानाडाबाट गोकर्ण लामिछाने रहेका छन् भने युवा समितीमा नर्थ अमेरिका उप संयोजक क्याल्गरीबाट पुकार घिमिरे, पुर्णिमा गुरुङ र कृजल केसीले सदस्यको जिम्मेवारी सम्हाल्ने भएका छन्   ।

एनआरएनए एकेडेमी कमिटीमा प्रमोद ढकाल, नेपाल लाइबेरी प्रोजेक्टमा नरेश कोईराला,उद्यमी र उद्यम समितीमा राजन श्री छत्कुली,सिन्धुलीगढि पूर्णनिर्माण कार्यसमितिमा मान पौडेल, रक्त स्थानान्तरण कमिटी सदस्य दिपकदत्त गौतम र नेपालको पर्यटन प्रवर्द्दनमा सहयोगी भूमिका खेल्न भन्दै एनआरएनए पर्यटन बिकास टास्क फोर्समा क्यानाडाबाट  नरबहादुर टन्डन, अंजनी भट्टराई,आशिर्बाद सुबेदी , माधब गजुरेल रहेका छन् ।

विभिन्न क्षेत्रबाट टास्क फोर्समा सहभागी सबैलाई एनआरएन क्यानाडाका गतिविधीहरु समेत सकृय बनाइने आईसिसी सदस्य अभिमन्यु बस्नेतले बताए ।