कला / मनोरञ्जन

नेपाल आइडलका जुरीद्धय क्यालगरीमा

By canadakhabar

May 24, 2018

मे २३, क्यानाडाखवर.कम, क्यालगरी व्युरो । नेपाल आइडलका जुरीद्धय नेपाली साकिरा इन्दिरा जोशी र कालि प्रसाद बास्कोटाले शनिवार क्यालगरीमा धुम मच्चाउने भएका छन । वेस्टर्न क्यानाडा स्तरीय नेप्लिज स्पोर्टस एण्ड कल्चरल इभन्टको सहयोगार्थ क्यालगरीमा हुन लागेको “कालि एण्ड इन्दिरा लाइभ इन कन्सर्ट” मा कलाकार द्धयले आफनो धमकेदार प्रस्तुति दिने भएका हुन । मे २६ शनिवार क्यालगरी डाउनटाउन स्थित कर्भि सेन्टरमा साँझ ६ बजे देखि कार्यक्रम शुरु हुने जनाइएको छ । कार्यक्रम अवलोकनका लागि बजारमा ३० र ५० डलरका टिकटहरु उपलव्ध गराइएको टिकट व्यवस्थापन संयोजक विशाल ढुङ्गेलले क्यानाडाखवरलाई जानकारी दिएका छन ।