समाचार

एनआरएनए अध्यक्ष भवन भट्टसंग क्यानाडामा अन्तरकृया हुने

By canadakhabar

June 21, 2018

क्यानाडाखबर संबाददाता । टोरोन्टो, क्यानाडा ।

गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट क्यानाडा आउने भएका छन् । भट्ट क्यानाडा आएकै मौका पारेर एनआएएनए क्यानाडाले अन्तर्कृया कार्यक्रम गर्ने तय गरेको छ । उनी रोटरी क्लब इन्टरनेसनल अधिबेशनमा टोरोन्टो आउन लागेका हुन् ।

‘एनआएएनए अध्यक्ष क्यानाडा आईपुग्नु भएको बेला यहाँ रहेका नेपाली समुदाय बिच गैर आवासिय नेपालीका एजेन्डाहरुमा छलफल गराउने प्रयास स्वरुप यो कार्यक्रम गर्न लागिएको हो’ कार्यक्रम संयोजक अभिमन्यू बस्नेतले बताए । उनले भने ‘यो हामी क्यानाडामा रहेका नेपालीहरुका लागि महत्वपूर्ण अबसर हो सबैजना कार्यक्रममा सहभागी भएर संघ अध्यक्षसंग आफ्ना जिज्ञासा,गुनासो र सुझाव राखौं ।’

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आउने रोटरी क्लबका सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । एनआरएनए आईसिसी सदस्यहरु, एनआरएन क्यानाडाका अध्यक्ष लगायतको टिम, जिटिएमा रहेका नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको आफ्ना बिषय प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।

भवन भट्टसंगको अन्तर्कृया कार्यक्रम आउंदो शनिबार बिहान १०: ३० बजे टोरोन्टोस्थित काठमाडौं रेष्टुरेन्टमा हुनेछ । उनी निर्वाचित भएपछीको यो पहिलो क्यानाडा भ्रमण हो । अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संगै चिन भ्रमणमा रहेका भट्ट चिनबाट सिधै क्यानाडा आउन लागेका हुन् ।

Venue Kathmandu Resturent and Banquet hall Time and Date. June 23 Saturday 10.30 am to 1.00 pm Address . 15 Gervais Drive Toronto M3C 3S2