नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर (NCHC) को आयोजनामा गत अगस्ट १२, आइतबार टोरोन्टोस्थित पाटियो ब्यन्क्युट हलमा गरिएको पहिलो सामुहिक पूजा भक्तहरुको उल्लासमय सहभागिताका साथ भव्य रुपमा सम्पन्न भयो ।
कार्यक्रममा सामुहिक रुपमा शिवपुजा-आराधना, प्रबचन, भजन क्रितनका साथ सम्पन्न भएको छ । मन्दिरका संरक्षक तथा क्यानडाका लागि अबैतनिक वाणिज्यदुत डा. कुनजर मनि शर्माले कार्यक्रमका प्रायोजक गणेश खत्री लाइ सम्मान गर्नु भयेको थियो ।
उक्त कार्यक्रममा पशुपतिनाथ मन्दिरको सहयोगार्थ पाँच जनाले आजीवन सदस्यता, पाँच जनाले साधारण सदस्यता, प्रतिमहिना १५५ डलरको मुठ्ठीदान, ५० डलरको गिफ्टकार्ड र ७१३ डलर नगद दान प्राप्त भएको नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर (NCHC) ले जनाएको छ ।
कार्यक्रममा सभापति हरि गुरुङ र अध्यक्ष राम प्रसाद पौडेलले मन्दिरको गतिबिधि र भाबि योजनाका बारेमा प्रकाश पार्नु भएको थियो ।
हेरिटेज सेन्टर तथा पशुपतिनाथ मन्दिर स्थापना काल देखि नै यस किसिमका पूजा-आराधना कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रमको संयोजक नरेन्द्र पुडासैनीका मन्दिर निर्वाणमा सामुहिक पुजाले महत्वपूर्ण सहयोग गर्ने र आगामी दिनहरुमा मन्दिर र नेपाली कम्युनिटि बिचको नेटवर्क बिस्तार र मजबूद हुने कुरामा आफु बिस्वस्त भएको कार्यक्रम संयोजक नरेन्द्र पुडासैनीका बताए ।सामुहिक पुजाको सफलता र मन्दिरलाई स्थापना काल देखि हालको स्थितिसम्म ल्याउने सम्पुण श्रेय नेपाली कम्युनिटिलाई जाने उनले बताए ।
source : NCRC Email