TOPSHOT - This picture taken on October 10, 2017 shows a party flag of the Chinese Communist Party displayed at an exhibition showcasing China's progress in the past five years at the Beijing Exhibition Center. China's police and censorship organs have kicked into high gear to ensure that the party's week-long, twice-a-decade congress goes smoothly when it begins on October 18. / AFP PHOTO / WANG ZHAO / TO GO WITH CHINA-POLITICS-SECURITY, FOCUS BY BECKY DAVIS (Photo credit should read WANG ZHAO/AFP/Getty Images)

साहित्य सिर्जना

कमरेडहरूको सम्मेलन !

By canadakhabar

November 15, 2018

कमरेडहरूको सम्मेलन !

भर्खरै भर्खरै सुरु भएको छ कमरेडहरूको सम्मेलन !

सम्मेलनमा किसान कमरेडहरू छैनन् मजदूर कमरेडहरू छैनन् छन त ती कमरेडहरू पनि छन तर ती कामदारको भूमिकामा छन !

सम्मेलनमा दलित कमरेडहरू छैनन महिला कमरेडहरू छैनन मधेशी कमरेडहरू छैनन जनजाती कमरेडहरू पनि छैनन छन त ती कमरेडहरू पनि छन तर ती दर्शकको भूमिकामा छन !

सम्मेलनको आयोजक समितिमा नोकरशाह कमरेडहरू छन सम्मेलनका प्रतिनिधिहरू ठेकेदार कमरेडहरू छन पर्यवेक्षकको भूमिकामा भ्रष्टचारी कमरेडहरू छन सूरक्षा व्यवस्थामा प्राय डन कमरेडहरू छन छन त अरु कमरेडहरू पनि छन तर ती कठैवरा कमरेडहरू छन !

सम्मेलन कक्षमा राखिएको छ पुरानो झण्डा झण्डाले कमरेडहरूलाई चिनेको छैन कमरेडहरूले झण्डा चिनेका छैनन एउटा विकृत मुडमा शान्त छ झण्डा कमरेडहरूको दिलमा अम्वानीले पठाएको झण्डा छ खास षडयन्त्रको लागि छ पुरानो झण्डा सम्मेलन सुरु हुदै छ !

दौरा सुरुवाल र ढाका टोपीमा ठ्याक्कै पञ्चहरूकै ढाँचामा मञ्चमा लहरै बसेका छन बाहुन क्षेत्री अनुहारका कमरेडहरू छन त अरु कमरेडहरू पनि छन तर ती निरिह , निमुखा र निर्जीव छन !

सम्मेलनले नोकरशाह कमरेडहरू प्रस्तावमा ठेकेदार कमरेड भ्रष्टचारी कमरेड कमिशनखोर कमरेड र डन कमरेडहरूको समर्थनमा समाजवादी कार्यक्रम पास गर्यो भर्खरै !

त्यसपछि , सवैभन्दा समाजवादी बने ठग, भ्रष्ट र कमिशनखोरहरू किसान र मजदूर शङ्काको सूचीमा परे दलित र महिलाहरू परिक्षणमा राखिए सम्मेलनको हलबाट बेतोडले निस्क्यो समाजवादी घोडा र मजदूरको छात्तीलाई सडक बनाएर देश दौडाहामा निस्क्यो !

कमरेडहरूको सम्मेलनले उर्दी जारी गर्यो- समाजवादी घोडा जहाँ जहाँ पुग्छ त्यसको भव्य स्वागत गरियोस र पहिलेभन्दा बढी दाना पानीको व्यवस्था होस !

हप्तौंसम्म चलेर अरवपति कमरेडहरूको सम्मेलन भव्यतापूर्वक सम्पन्न भयो !

– बलराम तिमल्सिना