कला / मनोरञ्जन

परदेशको पीडा समेटिएको मार्मिक म्युजिक भिडियो सार्वजानिक

By canadakhabar

May 12, 2019

‘ किन दुख्छ ’ ‘चाहे माया गर ’ ‘जय नेपाल ’ जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत ‘परदेशी आउ है फर्केर’ रिलिज भएको छ । नेपालीहरूले विदेश बस्दा भोग्ने पीडा र दुख गीत को भिडियोमा देखाइएको छ ।

धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरु प्रति समर्पित गर्दै विश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो। यस गीतमा स्वर शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ । त्यस्तै गीतको एरेन्जमेन्ट सुरज बिकले गरेका हुन् ।

विवेक खड्काले खिचेको भिडियोमा जीवन , सुनिता , सुक्मित र रोजिनाको अभिनय रहेको छ । प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन् । कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो। गायक लामिछाने द अर्थ ब्यान्डका भोकलिस्ट , कृपा फाउन्डेसनका अध्यक्ष तथा बराह ज्वेलरी इन्डस्ट्रिजका अध्यक्ष समेत हुन। गीतको भिडियो यहाँ लिंकमा छ ।