देश

एनआरएन क्यानाडाको अधिवेशनलाई लिएर देशभर बहस शुरु

By canadakhabar

May 13, 2019

१२ मे, क्यानाडाखवर, क्यालगरी व्युरो ।एनआरएन क्यानाडाको आगामि अगस्टमा हुने अधिवेशनलाई लिएर देशभर बहस शुरु हुन थालेका छन । एनआरएनए क्यानाडा राष्ट्रिय समन्वय परिषदले आसन्न अधिवेशनलाई लक्ष्यित गरि सदस्यता वितरण शुरु भएको आफनो वेवसाइट मार्फत जानकारी गराएको छ ।

यस संगै देशका प्रमुख शहरहरु टोरोन्टो, सिसिसागा, व्राम्टन, स्र्काव्रो, क्यालगरी, एडमण्टन, भ्यान्कोभर, अटवा, सास्काटुन लगायतका स्थानमा चर्चा परिचर्चा शुरु भैसकेको जानकारी प्राप्त भएको छ ।

अलबर्टाको क्यालगरीमा हिजो आयोजित “एनआरएन क्यानाडको महत्व र भावि नेतृत्व विषयक” अन्तक्रिया कार्यक्रमका बक्ताहरुले उपश्थित सहमती र सहकार्यको विकल्प नरहेको बताए । उनीहरुले नेपाली राजनैतिक पार्टीको झण्डा बोकेर चुनावमा नजान उमेदवारहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै एनआरएन क्यानाडाका पुर्व उपाध्यक्ष प्रशन्नमान श्रेष्ठले राजनैतिक खिचातानीका कारण प्रवासी नेपालीहरुको मुद्धा ओझेलमा परेको बताए । उनले अलबर्टाबाट सहमती र सहकार्यको बाटोलाई खुला गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै एनआरएन क्यानाडाका भुतपुर्व सदस्य नारायण पोखरेलले सदस्यता लिनका लागि कठिनाई रहेको संकेत गर्दै यथासक्य छिटो, छरितो र सहज सदस्यता वितरण प्रक्रिया अपनाउन सम्वन्धित पक्षलाई आग्रह गरे ।

अनलाईन मार्फत सदस्यता लिदा व्यक्तिगत विवरणको गोपनियतामा प्रश्न उठाउँदै एनआरएन क्यानाडाको भुतपुर्व प्रवक्ता डा. राजु तुलाधरले सम्वन्धित पक्षको ध्यानाकार्षण गराएका थिए ।

एनआरएन क्यानाडको महत्व बारे बोल्दै उपाध्यक्ष माधव दुलालले एनआरएन क्यानाडाले टोरोण्टो बाहिरका नेपालीहरुको अवमुल्यन गरेको संकेत गरे । उनले एनआरएन क्यानाडाले जिटिए भन्दा बाहिरका नेपालीहरुलाई अपनत्व दिलाउन नसकेको स्वीकार गरे । उनले अवको नेतृत्व जिटिए बाहिरका शहरहरुबाट गर्न आह्वान समेत गरे ।

कार्यक्रममा राजेन्द्र प्रसाई, राजेन्द्र गौतम, प्रकाश बस्याल, नविन सुव्वा, मोती राना, अनन्तआचार्य, दिपक ढकाल, धुव्र राई लगायतले आ आफनो विचार व्यक्त गरेका थिए ।