समाचार

बाग्लुङ समाजको सांस्कृतिक कार्यक्रम भोली

By canadakhabar

June 29, 2019

बिगत लामो समय देखी क्यानडामा विभिन्न अभियानहरु चलाउदै आएको बाग्लुङ समाज क्यानाडाले यो वर्ष पनि भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

‘ क्यानाडा डे’ को अबसर पारेर आयोजना गरिएको सांस्कृतिक सांझमा अहिलेका चर्चित लोक गायक थानेश्वर गौतमको बिशेष प्रस्तुती रहनेछ । क्यानाडामा रहदै अाएका अन्य कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने छन् ।

सांकृतिक कार्यक्रम संगै यूनाइटेड स्टेट अमेरिका र क्यानाडाका ८ टिमको सहभागीतामा भलिवल प्रतियोगिता पनि राखिएको छ ।

कार्यक्रमको अर्को आकर्षण पञ्चे बाजा संरक्षणमा जुटेको बाग्लुङे टिमको प्रस्तुती हो । पञ्चे बाजासहितको लाइभ दोहोरी प्रस्तुत गर्ने तयारी गरिएको आयोजकले बताएका छन् ।

बाग्लुङ समाजका अध्यक्ष भबी न्यौपानेले क्यानाडा जिटिए आसपासमा बसोबास गर्ने नेपाली समुदायहरुलाई यो बिशेष कार्यक्रमा सहभागीताका लागि अनुरोध गरेका छन् ।

कार्यक्रम भोली अर्थात जुन ३० सांझ ६ बजे, नर्थ योक स्थित ‘पाटियो ब्यान्कुट हल’मा हुनेछ ।