गन्तब्य नेपाल

एनआएएनए क्यानडा १२ औं राष्ट्रिय सम्मेलन टोरोन्टोमा सुरु

By canadakhabar

August 18, 2019

क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा । ]

गैर आवासिय नेपाल संघ क्यानाडाको राष्ट्रिय सम्मेलन टोरोन्टोमा सुरु भएको छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय सम्मेलन टोरोन्टोस्थित पाटियो पार्टी हलमा चलिरहेको छ ।

सम्मेलनमा टोरोन्टो आसपासका नेपाली समुदाय, नेपाली संघ संस्थाका प्रतिनिधिहरु, क्यानाडाका विभिन्न क्षेत्रबाट प्रतिनिधीहरु सहभागी छन् ।

सम्मेलनमा क्यानाडाका लागि नेपाली राजदुत ब्रिगु ढुंगाना, जनरल काउन्सुलर डाक्टर कुन्जन शर्मा एनआरएनए आइसिसीका उपाध्यक्ष कुल आचार्य , आवासिय नेपाली संघ नर्थ अमेरिकाका संयोजक गौरी जोशी , डेपुटी रिजनल कोअडिनेटर रविन शेरचन,अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशब पौडेल , आईसीसी सल्लाहकार हरिबोल भण्डारी, आईसिसी सदस्य बेद राज बस्नेत , एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह , एनआरएनए आईईसिसी सदस्य नवराज गुरुङ, प्रमिला बस्नेत, अभिमन्यु बस्नेत, चन्द्र अधिकारी लगायतको उपस्थित छ ।