क्यानडाखबर संबाददाता – काठमाडौं ।
गैर आवासिय नेपाली संघको नवौं राष्ट्रिय सम्मेलनबाट अमेरिका रिजनल युवा संयोजकमा क्यानाडा निवासी बिमला सापकोटा निर्विरोध निर्वाचित भएकी छिन् ।
दुई जनाको उम्मेद्बारी रहेको उक्त पदमा युनाइटेट स्टेड अफ अमेरिकाका उम्मेद्वार प्रकाश सापकोटाले आफ्नो उम्मेद्बारी फिर्ता लिएपछी उनी स्वत : निर्विरोध निर्वाचित भएकी हुन् ।
नर्थ अमेरिकामा रहेका नेपाली युवाहरुलाई एनआरएनएमा संघठित गर्दै युवाहरुको हित र बिकासमा उत्साहमुलक कार्यक्रम आयोजना गर्ने सापकोटाले बताईन ।