देश

निसर्त एनआरएन नागरिकता क्यालगरीबासी नेपालीहरुको सुझाव

By canadakhabar

November 25, 2019

प्रकाश क्षेत्री

क्यालगरी व्युरो ।

राजनितिक अधिकार बाहेक आम नेपालीले पाउने सम्पुर्ण अधिकार सहितको ग्रैह आवशिय नेपाली नागरिकताको व्यवस्था गर्न क्यानाडाको क्यालगरीबासी नेपालीहरुले नेपाल सरकारलाई सुझाव दिएका छन ।

गैर आवाशिय नेपाली संघ क्यानाडाले क्यालगरीमा हिजो आयोजना गरेको “गैर आवाशिय नेपाली सम्वन्धि ऐन, नियमावलि र सम्पत्ति सम्वन्धि अधिकारको कानुनी सुनिश्चितता” विषयक बृहत छलफल तथा सुझाव संकलन कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम राजनैतिक र सरकारी सेवा प्रवेश वाहेकका अधिकार आम नेपाली नागरिक सरह पाउने गरि कानुनी व्यवस्था गर्न सुझाव दिएका हुन ।

विद्यमान गैर आवाशिय नेपाली ऐन र नियमावली प्रतिश्थापन गरि गैर आवाशिय नेपालीहरुलाई सम्पत्ति सम्वन्धि अधिकारको कानुनी सुनिश्चितता गर्ने प्रक्रिया अघि वढिरहेको परिप्रेक्ष्यमा गैर आवाशिय नेपालीहरुको चासो, गुनासो र सुझाव समेट्न खोजिनु नेपाल सरकारको सह्रानिय कार्य भएको बताए ।

एक पटकको नेपाली संधैका लागि नेपाली भन्दै नागरिकताको प्रमाण पत्र वा परिचय पत्रले नेपालीपन कहिल्यै नखोसिने जिकिर गरे । समय परिस्थितीले विदेशमा बस्दै आएका भए पनि नेपाल संगको भावनात्मक लगाव र दायित्व उत्तिकै रहेको बताउदै नेपाल सरकार संग कानुनी रुपमा राजनैतिक अधिकार बाहेकका सम्पुर्ण अधिकार आम नेपाली सरह व्यवस्था गर्न माग गरको हुन ।

गैर आवाशिय नेपाली संघ क्यानाडाका नेशनल कोर्डिनेसन कमिटी सदस्य तथा क्यालगरी प्रतिनिधि अनन्त आचार्यले नेपालको संविधानमा गैर आवाशिय नेपाली नागरिकताको व्यवस्था गरिनु खुशीको कुरा भए पनि नागरिता प्राप्तिका लागि भाषाको राम्रो ज्ञान मापन र तीन पुस्ता पछि स्वत नागरिकता खारेज हुने प्रावधान खारेजी गरिनुपर्ने जिकिर गरे ।

उनले गैर आवाशिय नेपालीहरुले राजनैतिक अधिकार बाहेकका सम्पुर्ण अधिकार आम नेपाली सरह निसर्त पाउनु पर्ने कानुनी व्यवस्थाको माग एनआरएन को बटमलाइन रहेको प्रष्ट पारे ।

नेपाली राजदुताबास मार्फत जारी गरिने गैर आवाशिय परिचय पत्र र गैर आवाशिय नेपाली संघको सदस्यता विच कुनै तादाम्यता नमिलेको सर्वसाधरणको गुनासो लाई सम्वोधन गर्दै गैरआवाशिय नेपाली संघ क्यानाडाका निवर्तमान उपाध्यक्ष माधव दुलालले बिना सर्त राजनैतिक र सरकारी सेवामा प्रवेश बाहेक नेपाली नागरिक सरह विना सर्त सम्पुर्ण अधिकार दिने गरि कानुन बनाउन एनआरएन अन्तराष्ट्रिय कोर्डिनेशन कमिटीको ध्यानाकर्षण गराउनु पर्ने बताए ।

गैर आवाशिय नेपाली नागरिकता निसर्त पाउनु पर्ने माग संगै जन्मभुमि प्रतिको कर्तव्य पनि विर्सन नहुने सुझाव दिदै एनआरएन ंक्यानाडाका भुतपुर्व सदस्य तथा क्यालगरी नेप्लिज एशोशिएशन (सिएनसिए) का प्रतिनिधि प्रशन्नमान श्रेष्ठले पैत्रिक सम्पत्ति बेचविखन गरि ल्याउने र निसर्त गैर आवाशिय नागरिकता पाउनु पर्ने माग वीच कुनै पनि तादाम्यता नमिलेको दावी गरे । उनले गैर आवाशिय नागरिकताको माग गर्दै गर्दा पैत्रिक सम्पत्ति वेचविखन गरि ल्याउन नपाउने कानुनी व्यवस्था गरिनु अपरिहार्य रहेको बताए ।

गैर आवाशिय नेपाली संघ क्यानाडका सल्लाहकार राजेन्द्र गौतमको सञ्चालन रहेको कार्यक्रममा नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष धुव्र राई, उपाध्यक्ष समिर पाण्डे, भुतपुर्व अध्यक्ष जगदिश चापागाई, भुतपुर्व पदाधिकारीहरु तथा अग्रज भरत रेग्मी, नविन सुव्वा, देश सुव्वा, विण्णु सुव्वा राम मरहठठा, क्यालगरी नेप्लिज कम्युनिटी एशोशिएशनका राजु तुलाधर लगायतले सुझाव दिएका थिए ।

कार्यक्रममा गैर आवाशिय नेपाली संघ क्यानाडा क्यालगरीका प्रतिनिधि अनन्त आचार्यले नव आगन्तुक नेपालीहरुका लागि सहयोग गर्ने उद्धेश्य सहित “हेल्प डेस्क” को व्यवस्था गरिएको घोषणा गरेका थिए । कार्यक्रममा नविन आचार्य, घनेन्द्र न्यौपाने, रविन्द्र चौलागाई, कुशुम ज्ञवाली, बद्रि कार्की, श्रीकान्त अर्याल, लगायतले बोलेका थिए ।