समाचार

कोरोना भाईइरस (कोविद-१९) संक्रमणबाट कसरी जोगिने ।

By canadakhabar

March 17, 2020

सुरेश गौतम / रबिन्द्र नेपाल – स्वास्थ्य जनचेतना समिति गैर आवासीय नेपाली संघ -क्यानाडा

विश्व स्वास्थ्य संगठनले Covid -१९ को संक्रमणलाइ महामारीको संज्ञा दीइसकेपछि  विश्वभरि नै  सन्त्रास भैरहेको कुरा यहाँहरुलाई अवगत छदैछ । । विश्व स्वास्थ्य संगठनको अध्यावधिक सूचना अनुसार विश्वभरि अहिलेसम्म १६८०१९ जनामा Covid -१९ को संक्रमण देखिएको र यसको संक्रमण र कारणले  ६६१० जनाको मृत्यु भैसकेको छ । पब्लिक हेल्थ क्यानाडाको अध्यावधिक सूचना अनुसार क्यानाडामा ३२४ जनामा यसको संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भैसकेको छ ।

क्यानाडाका  प्रधानमन्त्री जस्टिन ट्रुदोले  अब आउने बुधवारदेखि लागु हुने गरि क्यानाडियन नागरिक र स्थाई वासिन्दा (Permanent Resident), अमेरिकन नागरिक  र केहि अपवाद बाहेक अन्यलाइ क्यानाडा आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् । यस संगै क्यानाडा भित्रिने सबैले १४ दिन सम्म सेल्फ आइसोलेशनमा बस्नलाई अपिल गरेका छन् ।

क्यानाडाका विभिन्न Provincial पब्लिक  हेल्थ कार्यालयहरुले रेस्टुरेन्ट तथा बारहरुमा टेक आउट र Delivary मात्र गर्ने; चलचित्र हलहरु, कन्सर्ट हलहरु जस्ता धेरै मानिस जम्मा हुने स्थान बन्द गर्ने; र सम्भव भएसम्म घरमै बस्ने  जस्ता निर्देशन जारी गरेको छ।  क्यानाडाको लोकप्रिय  क्याफे Tim Hortons ले पनि आफ्नो भित्र बसेर खाने सुबिधा बन्द गरि टेक आउट र Drive Thru बात मात्र सेवा दिने निर्णय गरेको छ । साथै विभिन्न संघ संस्था ले आफ्ना कर्मचारी र भिजिटरलाइ Covid-१९ सम्बन्धि  प्रस्नोतर गर्ने तथा शरीर को तापक्रम लियर मात्रै संस्था भित्र पठाउने नियम लागु गरेका छन् ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मार्च १३ मा जारी गरेको सूचना अनुसार गैर आवासीय नेपालीले नेपाल भ्रमण गर्नैपर्ने अवस्थामा भ्रमण अगाडी  नेपाली दुतावास तथा ति देशहरुमा रहेका अन्य कुटनितीक निकायमा सम्पर्क गर्नु पर्ने तथा  राहदानी आबेदन को लागि ७ दिन भित्र जारी भएको Negative  NPS स्वाबको रिपोर्ट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्ने छ । 

यसै सन्दर्भमा क्यानाडावासी नेपाली समुदायलाई  Covid -१९ को संक्रमणबाट जोगिनको लागि पब्लिक हेल्थ क्यानाडा, विश्व स्वास्थ्य संगठन र क्यानाडा सरकारको  Webpage मा उल्लेख गरिएको  निम्न उपायहरु अवलम्बन गर्न जानकारीको लागी गैर आवासीय नेपाली संघ-क्यानाडा अनुरोध गर्दछ । १. अति आवस्यक नहुदासम्म भिडभाड, भोजभतेर र अन्य सामुहिक कार्यक्रममा नजाने ।

. समय समयमा तथा शंकास्पद संक्रमित स्थान (जस्तै सार्वजनिक शौचालय, यातायात आदि ) मा छोयपछी  साबुन पानीले २० सेकेन्ड राम्ररी हात धुने । साबुन उपलव्ध नभएमा ह्यान्ड sanitizer को  पनि प्रयोग गर्न सकिन्छ ।

 ३. हात नधोयसम्म आफ्नो नाक, मुख र आँखा नछुने ।

 . खोक्दा अथवा हाच्छिउ गर्दा आफ्नो नाक र मुख कुहिनोको भित्रि भाग अथवा Tissue पेपरले छोप्ने र तुरुन्तै Tissue पेपरलाई गार्बेज विनमा फ्याक्ने र साबुन पानीले २० सेकेन्ड सम्म हात धुने ।

 ५. यस भाइरस को संक्रमणका लक्षणहरु देखिएमा तुरुन्तै पब्लिक हेल्थ क्लिनिकमा जानकारी दिने र उनीहरुको सुझाब तथा निर्देशनको पालन  गर्ने ।

कोविद-१९ सम्बन्धि अन्य जानकारीको लागी विश्व स्वास्थ्य संगठन, पब्लिक हेल्थ क्यानाडा र विभिन्न Provincial पब्लिक  हेल्थ कार्यालयहरुको Webpage बाट जानकारी लिन सकिनेछ ।

sorce : https://www।who।int/emergencies/diseases/novel-coronavirus-2019https://www।canada।ca/en/public-health/services/diseases/2019-novel-coronavirus-infection।html