सजाउनुहवस् हृदयभित्र सत्यम् र शिवम् सुन्दरम् बाहिर सबै कर्ममा पनि सत्यम् र शिवम् सुन्दरम् कोरोना भन्ने यो माहामारी फैलिरहेछ यो विश्वलाई त्राहीमाम् पारी विनास आको छ आतंककारी भएर आई सात्तो नै खाको छ तृतीय विश्व भएर युध्द मडराइरहेछ यसका साम्ने सम्पूर्ण विश्व खोजमा जुट्दैछ रोजी र रोटी गरेर खोजी लाखौं लाख नेपाली बिदेशतिर लाका छन् सबै बियाल्न मुख्भरी तिनकै आर्जन् हो रेमिट्यान्स् देशमै नआउदा लाखौंका लाख दाजुभाई फर्की नेपाल आउँदा के कस्तो हाल देशको होला सम्झेर ल्याउँदा सम्पूर्ण हाम्रा कारखाना कल बन्दा र बन्दी छन् सम्पूर्ण हाम्रा आर्थिक श्रोत पाताल पुग्दैछन् कसैले भने बिरोध गर्नु धर्म हो भनेर पछाडि बसी नछ्याप हिलो मौका हो भनेर कसैले गल्ती गरेको भए पछाडि हेरौँला छान्बिन गरी टुंगो नै लाउँला सजायँ भोगौंला लागेमा घाउ औलो नै पनि काटेर फालिन्छ घुस र कमिसनको खेल जसले गर्दछ सुरुमा चिन्न सकिन्न कसै सजायँ भोग्दछ बिपद पर्यो मानिस चिन्ने यो बेला आको छ यो सेवा गर्ने राम्रो हो मौका नेपाल आमाको खटेर सेवा गरेमा मात्रै जीत् हुन्छ उसैको साच्चैको जाँच हुने यो मौका समाजसेवीको स्कुलिङ् हाम्रो भाको हो यही सेवाका भावको यो महामारी सामना गर्न सम्पूर्ण जनता विभिन्न पार्टी संघ र संस्था गरेर एकता नेतृत्व गर्दै देशको सर्कार जाग्नुनै पर्दछ सामना गर्न बिभिन्न सन्जाल् बनाउनु पर्दछ संघ र संस्था सम्पूर्ण पार्टी एक भै जुटेर सर्कारलाई सहयोग् गरौ मन् आफ्नो माझेर छिमेकी देश विश्वका देश हेरी काम् गर्नु छ बिशुध्द हाम्रा भावना चोखा पेटनै माझ्नुछ चुनाव लड्दा लड्दछन् पार्टी जित्हार हुने हो सुझ्बुझ साथ छिमेकीसित मित्रता कायम होस् त्यो दूरदृष्टि साम र दान बुझने सरकार होस् जे जस्तो ठुलो बिपद आओस् आत्तिनु हुँदैन सुदृढ इच्छा शक्ति छ भने के पार लाईंदैन ? उत्साह, धैर्य, साहस, जाँगर् नेतृत्व गुण हो सरकार भन्नु देशको सर्बेसर्वा नै शक्ति हो पाएर शक्ति विवेकी बनी न्यायमा चल्नुहोस् सबैमा ठुला देशका महान् जनताहरु हुन् तिनैको सेवा इश्वर सेवा सम्पूर्ण तिनै हुन् यो मेरो जीवन् अर्पुला भनी कबुल गरेर घोषणापत्र समेत लेखी आको हुँ भनेर घोषणापत्र प्रतिज्ञापत्र सम्झेर गर्नुहोस् अर्पेको जीवन सेवामै अर्पी सेवामै जुट्नुहोस् आन्तिम बस्त्र शिरमा बेर्ही ठाउँ ठाउँमा लुकेको चलाउने काम चप्पल भिरी त्यो दु:ख सहेको ती हामीजस्ता जनताले नै हामीलाई पालेको कोठरी काल, जेल र नेल हो कती भोगेको माथेमा, चन्द्, गंगालाल्, शास्त्री शहिदहरुले लोभी र पापी भएको देखे के भन्लान् तिनले ? जनता, देश केन्द्रमा राखी सुकार्य गर्नुहोस् पाप र लोभ् को मनमा बीउ कहिल्यै नरोप्नुस् एक् भई आउने सम्पूर्ण पार्टी सुभेच्छुकहरुमा हृदयभरि त्यो दृढ-शक्ति सजाई हिडेमा नेपाल भक्ति मुटुमा भरी सवल हुनुहोस् सर्बोच्च शक्ति जनताहरु साथमा लिनुहोस् अर्जुनदृष्टि साधेर अघि बड्नुहोस्, बड्नुहोस् के बुद्धिजिवी, जान्ने र सुन्ने एकजुट हुनुछ सोत्तर साम्य यो देश हुँदा एकभै जुट्नुछ बिगतका ती कम्जोरी गल्ती फर्कन नपाउन् सरकार देशबासीमा अब सुबुद्धि मौलाउन् ईश्वरका ती साकार रुप राम्, कृष्ण भएझै सुकार्य तिम्रा साकार रुप काममा उत्रेझै सुकार्य भन्ने यही हो भनी चिनाइ दिनुहोस् सम्पूर्ण पारदर्शी काम् गर्दै अगाडि बड्नुहोस् हातमा काम मुखमा राम पवित्र भावना ! सम्पूर्ण हाम्रा नेपालीलाई छ शुभ-कामना ! फलोस् र फुलोस् कल्याणमय यो शुभ-भावना ! यो महामारी सतहत्तर सालले बढारोस् नेपालीलाई शंकटबाट पार नै लगाओस् सजाउनुहवस् हृदयभित्र सत्यम् र शिवम् सुन्दरम् बाहिर सबै कर्ममा पनि सत्यम् र शिवम् सुन्दरम् .
यो पनि हेर्नुहोस् ।