देश

 धादिङमा टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिदै

By canadakhabar

February 18, 2021

क्यानडाखबर संबाददाता ।

धादिङमा जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ ।  यही फागुन  ७ गते देखि  धादिङको बेनिघाट रोराङ–५, श्री चन्द्रोदय मा. वि., विशालटारको खेल मैदानमा प्रतियोगिता संचालन हुनेछ । प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा १० टिमले सहभागिता जनाउने छन् ।