देश

ब्राम्टोनबाट दिपक गौतम, पिताम्बर भट्टराई र संगिता जिसी विजयी

By canadakhabar

August 01, 2021

क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।एनआरएनए क्यानडाको निर्वाचन क्षेत्रहरु मध्य सबैभन्दा धेरै मतदाता भएकोब्राम्टन – क्यालेडन क्षेत्रको निर्वाचन परिणाम निक्लिएको छ । उम्मेद्वार दिपक गौतम,पिताम्बर भट्टराई र संगिता जिसी भर्खरै निर्वाचित भएका छन् ।

निर्वाचन एकदमै सहजता पुर्वक सकिएको ब्राटन क्यालेडन निर्वाचन केन्द्रका प्रमुख ढुन्डी खनालले जानकारी दिए । यो क्षेत्रमा ९७१ कूल मत खसेको थियो जसमा दिपक गौतम सबैभन्दा बढी ५३७ मतले बिजयी भएका छन् त्यस्तै अर्का उम्मेद्वार पिताम्बर भट्टराईले ४५२ मत र संगिता जिसीले पनि उत्तिनै ४५२ मत ल्याएर बिजय भएका छन् त्यस्तै अर्का प्रत्यासी उम्मेद्वार रमेश धितालले ३६४ अम्बिका ज्ञावालीले ४१६ र भूमी घिमिरेले ३२५ आफ्नो पक्षमा मत पाए ।

उम्मेद्वारहरुले के कती मत पाए तलको चार्टमा हेर्नुहोस्