समाचार

तामाङ सोसाइटी अफ क्यानडाको अध्यक्षमा बिनु तामाङ निर्वाचित

By canadakhabar

August 02, 2021

क्यानडाखबर डेस्कटोरोन्टो, क्यानडा ।

तामाङ सोसाइटी अफ क्यानडा दोस्रो साधारण सभा गत हप्ता सम्पन्न भएको छ । क्यानडाको नर्थ योर्क स्थित एक पार्कमा ग्रेटर टोरोन्टो एरियामा बसोबास गर्ने तामाङ समुदायमा प्रतिनिधिहरु एकै ठाउँंमा भेला भई बिनु तामाङको अध्यक्षतामा १३ सदस्य कार्यसमिती निर्माण गरेको छ ।

क्यानाडामा रहेका सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनी हरुलाई संस्थामा आवद्ध गराई क्यानाडाबाट तामाङ समुदायको भाषा,लिपि,धर्म, भेषाभूषा,कला तथा संस्कृतिको सम्वर्द्धन र संरक्षण गर्ने कार्यमा योगदान दिन आफू केन्द्रित रहने नव निर्वाचित अध्यक्ष बिनु तामाङले बताईन ।