समाचार

एनआरएनए क्यानडाको अध्यक्षमा दिपक गौतम निर्वाचित

By canadakhabar

August 15, 2021

क्यानडाखबर डेस्क – टोरोन्टो, क्यानडा ।

एन आर एन ए क्यानडाको अध्यक्षमा दिपक गौतम निर्वाचित भएका छन् भने चेयर पर्सनमा सम्राट थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४ औ वार्षिक साधारण सभाले गौतमको अध्यक्षमा १९ सदस्यिय कार्य समिति चयन गरेको हो ।

नयां कार्य समितिको महासचिवमा अनुप सुबेदी, सचिव मा राजेन्द्र पोखरेल निर्वाचित भए भने उपाधक्ष र आइसिसिका लागि निर्बिरोध भएको थियो । चेयर पर्सन, अध्यक्ष, महासचिव र सचिव पदका लागि निर्वाचन गर्नु परेको थियो ।

निर्बिरोध हुने उपाध्यक्ष्यमा शैलेन्द्र चापागाई , सङिता जिसि, दिपक सापकोटा र कृष्ण न्यौपाने छन् भने कोषाध्यक्ष्यमा यम खत्री छन ।यसै गरि आइसिसि पदमा शान्त राजभण्डारी , दुर्गा प्रसाद अधिकारी, शम्भु धमाला र गिरिराज बुढाथोकी पनि निर्बिरोध चयन भए ।