समाचार

मिसिसागा स्थित माल्टनमा भलिबल प्रतियोगिता हुंदै

By canadakhabar

September 08, 2021

क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।

माल्टन नेपाली समाज द्वारा यही सेप्टेम्बर ११ मा भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । मिसिसागाको माल्टन स्थित कम्युनिटी सेन्टर सगैको ‘एल्म क्रिक पार्क’मा खेल संचालन हुनेछ ।

कोभिडका कारण लामो समय एकै ठाउँंमा भेला हुन नसेका टोरोन्टो आसपासमा रहेका युवा खेलाडीहरुलाई अहिले एकै ठाउंमा भेला गराएर रिफ्रेस गराउने उद्धेश्य सहित भलिबल खेलाउन लागिएको आयोजक मध्यका एक हेम थापामगर ( सुरुङी साईला) ले बताए ।

भलिबल प्रतियोगितालाई रियल्टर धिरेन्द्र शाही, एमपिसिपिए प्रोफेस्नल कर्पोरेसनका सिपिए मदन पोखरेल, एभरेष्ट तेक्वान्दो र ए वान हाक्का हाउस रेष्टुरेन्टले प्रायोजन गरेका छन् ।