समाचार

लालिगुरांस क्लबले मिसिसागामा ‘भलिबल प्रतियोगिता’ आयोजना गर्ने

By canadakhabar

September 17, 2021

गोकर्ण लामिछानेटोरोन्टो क्यानडा ।

क्यानडामा रहेका नेपालीहरुको सबै भन्दा पुरानो स्पोर्टस क्लब लालिगुरांस स्पोर्स क्लबले यो वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुने प्रतियिगिताको यो नवौ संस्करण हो ।

आउंदो शनिबार अर्थात सेप्टेम्बर १८ मा मिसिसागाको माल्टन स्थित कम्युनिटी हलमा आयोजना गर्न लागिएको यो खेलमा ग्रेटर टोरोन्टो आसपासका ७ नेपाली भलिबल टिमले सहभागीता जनाउने निश्चित भएको क्लबका सदस्य कृजल केसीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको बिजयी टिमले २००० क्यानेडियन डलर, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने १००० डलर पुरस्कार पाउनेछन्।

खेलमा सहभागीता जनाउनलाई ३५० डलर प्रबेश शुल्क तोकिएको छ । प्रतियोगितालाई एनआरएनए क्यानडा,शरद सिपिए प्रफोसनल कर्पोरेशन, एभरेष्ट रियल्स्टेट ब्रोकेज, टिम 24 -7 , प्याटिनम होमलाइफ, हाक्का स्पोन रेस्टुरेन्ट, चाउलाज रेष्टुरेन्ट, सरस्वती ज्वर्लस, एमडियस भिसा सर्भिसेज र ड्ब्लुएफजी ग्रुपले प्रायोजन गरेका छन् ।