समाचार

क्यानडामा तेस्रो वार्षिक उत्सब मनाउदै माउन्ट एभरेष्ट टिभी

By canadakhabar

July 01, 2022

क्यानडाखबर डेस्क – टोरोन्टो, क्यानडा ।

क्यानडामा विगत ३ वर्ष देखी नेपाली समुदायलाई सुचना र समाचार प्रवाह गर्दै आईरहेको माउण्ट एभरेष्ट टेलिभिजनले आफ्नो स्थापना दिवसको अबसर पारेर एक बिशेष कार्यक्रम आयोजना गर्न लागेको छ । क्यानडाले हरेक वर्ष जुलाई १ लाई ‘क्यानडा डे’ को रुपमा मनाउने गर्छ । यो क्यानडाको १५५ औ जन्म उत्सव हो यसै दिनको अबसर पारेर माउन्ट एभरेष्ट टेलीभिजनले आफ्नो स्थापना दिवस मनाउदै आईरहेको छ ।

मिसीसागास्थित स्थित पर्ल बैंकेट एण्ड कन्भेन्सन सेन्टरमा आयोजना गरिने कार्यक्रमको बिषेश आकर्षण नेपाली लोक संगितका धरोहर चर्चित लोक गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुती रहनेछ उनलाई लोक गायिका देवीका केसी र रिता बुर्लाकोटीले सघाउने छन् ।

कार्यक्रममा जिटिए आसपासमा रहेका नेपाली समुदायका प्रतीनिधीहरु, विभिन्न पेशा र ब्यवसाय गर्दै आएका नेपालीहरु, समाजसेवी,कलाकार,पत्रकार लगाएत सबै सर्वसाधारणहरुलाई ‘विशेष सांगितिक सांझमा’ मा सहभागी हुन टेलिभिजनका संचालक बसन्त कार्कीले अनुरोध गरेका छन् ।कार्यक्रममा क्यानडाखबरका प्रधान सम्पादक संचारकर्मी गोकर्ण लामिछानेलाई ‘बासु स्‍मृति पत्रकारिता पुरस्कार’ प्रधान गरीने आयोजकले बताएको छ । समाजसेवी तथा सिपिए स्वर्गिय बासु लम्सालको सम्झनामा पुरस्कार दिन लागिएको हो ।

कोभिद १९ को महामारीको समय बिशेष सकृय हुँदै प्रवासमा रहेका नेपालीहरुलाई इन्टरनेटको माध्यामबाट विभिन्न सुचना, जानकारी र समाचार प्रवाह गर्दै आएको माउण्ट एभरेष्ट टेलिभिजनले आफ्नो वार्षिक उत्सबकै दिन पारेर अनलाइन रेडियो पनि सुरुवात गर्ने भएको छ ।