समाचार

ब्राम्टोनको पार्कलाई नेपाली नामाकरण गर्न माग

By canadakhabar

December 23, 2022

क्यानडाखबर संबाददाता – टोरोन्टो, क्यानडा ।

क्यानाडाका नेपालीहरूको साझा संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसिएनसी)को टोलीले ब्राम्टोन सिटिका मेयर प्याट्रिक ब्राउनसँग मंगलबार औपचारिक भेट गरेको छ । भेटमा नेपालको पहिचान झल्कने गरी शहरमा हुने पार्कको नामाकरण गरिदिन टोलीले आग्रह समेत गरेकोछ ।

मेयर ब्राउनले टोलीको आग्रहलाई कुनै न कुनै हिसाब सम्बोधन गर्ने र यसको पूर्ण तयारीका लागि छिट्टै नै अर्को मिटिङ लागि निमन्त्रणा गर्ने प्रतिबद्दता गरेका थिए ।

ब्राउनले आफ्नो चुनावी अभियानहरुमा नेपाल र नेपालीको खुवै प्रसंशा गर्ने गरेका थिए । उनका बाबु कुनै समय नेपाल पुगेको र आफू पनि मौका मिले नेपाल जाने चर्चा बेलाबेला उनले गरिरहेकै हुन्छन ।ब्राउनको चुनावी अभियानमा सक्रिए नेपाली युवा ब्यावसायी बिजय पौडेलको पहलमा गरिएको भेटघाटमा संस्थाका चेयरम्यान पशुपति पोखरेल, प्रेसिडेन्ट नरबहादुर क्षेत्री, महासचिव भूमिराज घिमिरे, निर्देशक भाष्कर झा, रमेश धिताल र गोपाल श्रेष्ठको उपस्थिति थियो।