गन्तब्य नेपाल

ब्राम्टोन सिटीले दियो नेपालीलाई धन्यबाद । सन्दर्भ : क्याराबाम महोत्सब

By canadakhabar

August 14, 2023

क्यानडाखबर डेस्कटोरोन्टो, क्यानडा ।

गत जुलाईको पहिलो हप्ता सम्पन्न क्याराबानमा सहभागीता जनाएर कार्यक्रमलाई सहयोग गर्ने नेपाली समुदायलाई सहआयोजक संस्था एनसीसीएस, क्यानेडियन नेवा गुठी र एनजेकले औपचारिक रुपमा धन्यवाद ज्ञापन गरेकोछ ।

नेपालले कार्यक्रममा आफ्नो सहभागीता जनाएर नेपाल र नेपालीको प्रतिधित्व गरेको यसले नेपालको जाती भाषा धर्म कला, संकृतीलाई क्यानडा चिनाउन टेवा पुगेको भन्दै ब्राम्टोन सिटिका मेयर प्याट्रिक ब्राउनले सहआयोजक संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद सहितको सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालले आफ्नो उत्कृष्ट प्रस्तुती देखाएर मनोरन्जन बिधामा प्रथम र संकृती बिधामा तेस्रो स्थान प्राप्त गरेको थियो ।

झन्डै एक दशकया नेपालले कार्यक्रममा सहभागीता जनाउदै आईरहेको र सधा झै यस्लाई निरन्तरता दिदै लैजाने सहभागी मध्यको एक संस्था एनसीसीका अध्यक्ष नर बहादुर क्षेत्रीले बताए ।

ब्राम्टोन सिटीका मेयरसंग सामुहित तस्विर खिच्दै नेपाली समुदायका प्रतिनिधिहरु