देश

काठमाडौं -१६ महानगरपालिकाका वडाध्यक्ष रिजालको निधन

By canadakhabar

September 07, 2023

२१ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

उनी केही समय यता डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

स्वास्थ्यमा एक्कासी समय आएपछी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

नेपाली काङ्रेसको तर्फबाट काठमाडौं वडा नं १६ मा वडा अध्यक्षमा निर्वाचित रिजाल सामाजिक संजालमा पनि निकै चर्चित थिए ।