CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • परिस्कृत डिजाइनमा यमहा एफ जेड एस

    युवाहरूको बदलिदो सोच र जीवनशैलीलाई मध्यनजर गरी युवामैत्री बाइक उत्पादन गर्दै आइरहेको यामाहा कम्पनीले पछिल्लो समय एफजेडएस भर्सन टु मोटरसाइकल सार्वजनिक गरेको छ । यो बाइकमा नयाँ र सुविधासम्पन्न फिचर एवं अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि प्रयोग गरिएको छ । यसअघिको एफजेडएसमा कार्वोरेटर प्रयोग भएको थियो । यो मोटरसाइकलमा कम्पनीले पहिलोपटक न्यु जेनेरेशन ब्लुकोर इन्जिन प्रयोग गरेको छ ।fzs-1

    ब्लुकोर प्रविधिका कारण इन्जिन बलियो, मजबुत र टिकाउ हुने देखिन्छ । एफजेडएस भर्सन टुमा इसियू अर्थात् इन्जिन कन्ट्रोल युनिट समेत जडान गरिएको छ । इसियुका कारण इन्जिनमा छिट्टै रेस्पोन्स हुने र चाहिने मात्रामा मात्र इन्धन सप्लाई भई उच्चतम माइलेज दिन सघाँउछ । भर्सन टु यसअघिको एफजेडएसभन्दा परिस्कृत र नयाँ स्वरुपमा तयार पारिएको एउटा आकर्षक बाइक हो । आकर्षक डिजाइन, स्पोर्टी लुक्स र नयाँ विशेषताका कारण मोटरसाइकल पारखीलाई  सजिलै यो बाइकप्रति आकर्षित हुने देखिन्छ ।
    झट्ट हेर्दा निकै हेभीजस्तो देखिए पनि यो बाइक चलाउन निकै सजिलो र हलुका छ । बाइकको समग्र वजन १ सय ३२ किलोग्राम छ  । जुन यही सेग्मेन्टका अन्य बाइकको भन्दा केही कम हो । १ सय ४९ सिसी इन्जिन क्षमताको भर्सन टुले यही सेग्मेन्टका अन्य बाइकले भन्दा उच्च पिकअप दिने विश्वास लिइएको छ । यसको अधिकतम पावर ८ हजार आरपिएममा १३ दशमलव १ पिएस रहेको छ । जुन  पुरानो एफजेडको भन्दा १ पिएस कम हो । पवार घटाइएका कारण पुरानो एफजेडएसले भन्दा यसले बढी माइलेज दिने देखिन्छ । यसको टर्क ६ हजार आरपिएममा १२ दशमलव ८ एनएम रहेको छ। यो बाइकले प्रतिलिटर इन्धनको खपतमा ४५ किलोमिटर बढी माइलेज दिने देखिन्छ । जुन यस सेग्मेन्टका अन्य बाइकले दिने माइलेजभन्दा केही बढी हो । फ्युल इन्जेक्सन सिस्टमका कारण बाइकको स्मुथनेस र पर्फरमेन्स समेत सुधारिएको छ ।
    पछाडि बस्ने राइडरले समेत यात्राका क्रममा कुनैै थकानको महसुस गर्नुपर्दैन । पछाडि मोनोक्रस सस्पेन्सन प्रयोग गरिएको यो बाइकको अगाडि ४३ एमएमको फराकिलो टेलिस्कोपिक सस्पेन्सन प्रयोग गरिएको छ । जसका कारण उच्च गतिमा पनि बाइक स्थिर रहन्छ । पहिलेको एफजेडमा भन्दा स्पिडोमिटर, हेड ल्याम्प, टेल, सिट, एक्जस्ट पाइप, फ्युल ट्याङ्क लगायत परिवर्तन गरिएको छ । चेसिस पुरानै भए पनि मड गार्ड भने थपिएको छ । जसका कारण वर्षातको समयमा हिलो छ्याप्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । समग्रमा एफजेडएस भर्सन टु एक उत्कृष्ट बाइक भइकन पनि यसको ब्रेकिङ सिस्टम भने त्यति सन्तोषजनक पाइएन । कम्पनीले आगामी उत्पादनमा यसलाई सुधार गर्नुपर्ने देखिन्छ ।yamahafz2
    नर्मल स्ट्रिट अर्थात् दैनिक प्रयोगका लागि यो बाइक उत्तम मानिए पनि रेसिङ र हाइवे प्रयोगका लागि त्यति उपयुक्त नहुन सक्छ । कारण यसको पवार केही कम छ भने ग्राउन्ड क्लिरियन्स समेत न्यून छ। ग्राउन्ड क्लिरियन्स कम भएकाले रेसिङका समयमा कर्नरिङमा समस्या आउन सक्छ । फ्युल इन्जेक्सन प्रणालीका कारण यो बाइकलाई फ्युल रिजर्भ मोडमा कुदाउनु उपयुक्त हुदैन । यसो गरिए चांडै  इन्जिनमा समस्या आउन सक्छ ।

    उत्तम मानिए पनि रेसिङ र हाइवे प्रयोगका लागि त्यति उपयुक्त नहुन सक्छ । कारण यसको पवार केही कम छ भने ग्राउन्ड क्लिरियन्स समेत न्यून छ । ग्राउन्ड क्लिरियन्स कम भएकाले रेसिङका समयमा कर्नरिङमा समस्या आउन सक्छ । फ्युल इन्जेक्सन प्रणालीका कारण यो बाइकलाई फ्युल रिजर्भ मोडमा कुदाउनु उपयुक्त हुदैन । यसो गरिए चांडै  इन्जिनमा समस्या आउन सक्छ ।

    yamahafz3
    नेपालमा यमाहा एफजेडएस मोटरसाइकल युवाहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । न्याकेड स्पोर्ट डिजाइनको यो मोटरसाइकल हेर्दा जति आकर्षक देखिन्छ पर्फरमेन्स पनि त्यत्तिकै राम्रो छ । यो बाइक हेर्दा जति हेभी देखिन्छ चलाउँदा भने एकदमै हलुका र सजिलो छ । जसका कारण सबै उमेर समूहका ग्राहकले यसलाई प्रयोग गर्न सक्नेछन् । यसअघिका मोडलमा कार्वोरेटरमा आउने समस्याका कारण बाइक छिट्टै बिग्रने गरेको गुनासो पाइए पनि भर्सन टु मोटरसाइकलमा
    कार्वोरेटर प्रयोग नभएका कारण ग्राहकले यही समस्याका कारण खासै सास्ती खेप्नुपर्ने छैन । फ्युल इन्जेक्सनका कारण यो बाइकको फ्युल सिस्टममा खासै समस्या नआउने हुँदा मर्मतसम्भार खर्च समेत कम पर्न जान्छ ।