CanadaKhabar.com

Monday, May 13, 2024 -
  • बजाजले ल्यायो नयाँ डिस्कभर

    bajaj_autonewsnepal  एचएच बजाजले डिस्कभर १५० सिसीको २ नयाँ मोडल ‘डिस्कभर १५० एफ’ र ‘डिस्कभर १५० एस सार्वजनिक गरेको छ । १५० एफमा हाफ फेरिङ र १५० एसमा स्ट्यान्डर्ड फेरिङ रहेको कम्पनीले जनाएको छ । एचएच बजाज नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हो ।
    एक सय ५० सिसी क्षमताको इन्जिन जडित नयांँ मोडलमा एड्भान्स फोर भल्भ र १४.५ पीएस पावर रहेको कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले जानकारी दिए । उनले नयाँ मोडलले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्ने बताए ।
    नयाँ मोडलमा नाइट्रोक्सन सस्पेन्सनयुक्त मोनो सक पेटल डिस्क ब्रेक, डिजिटल मिटर, वाइड ट्युबलेस टायर र डिसी लाइटिङ जस्ता विशेषता राखिएको र छिट्टै ग्राहकको रोजाइमा पर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । नयाँ मोटरसाइकल प्रतिलिटर ७२ किलोमिटरसम्म दौडने कम्पनीको दाबी छ । समिति समयका लागि डिस्कभर १५० एफको मूल्य १ लाख ९७ हजार ९ सय र डिस्कभर १५० एसको मूल्य १ लाख ९० हजार ९ सय तोकिएको कम्पनीले जनाएको छ ।