CanadaKhabar.com

Wednesday, February 25, 2026 -

सिप्रदीलाई टाटा मोटर्सको ९ अवार्ड

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्सले प्रदान गर्ने अवार्डमध्ये ९ वटा अवार्ड जित्न सफल भएको छ । टाटाले आयेजना गरेको ग्लोबल कमर्सियल भेहिकल बिजनेस युनिट एचिभमेन्ट अवार्ड २०१४ मा सिप्रदीले हाईएस्ट ग्रोथ इन मार्केट सेयर स्मल कार, हाईएस्ट मार्केट सेयर बस, हाईएस्ट मार्केट सेयर हेबी कमर्सियल भेहिकल ट्रक, हाईएस्ट सेल्स बस र हाईएस्ट कन्ट्री मार्केट सेयरको अवार्ड जितको हो ।sipradi_autonewsnepal

टाटाका विश्वभर रहेको अन्य बिक्रेता कम्पनीहरूलाई उछिन्दै सिप्रदीले सबैभन्दा धेरै अवार्ड पाएको हो । यसैगरी डिस्ट्रिब्युटर अवार्ड २०१४ को फस्ट रनर अपसमेत प्राप्त गर्न सफल भएको कम्पनीले बताएको छ । टाटा मोटर्सद्वारा नयाँदिल्लीमा आयोजित समारोहमा सिप्रदीका प्रतिनिधिलाई अवार्ड हस्तान्त्रण गरिएको थियो । समारोहमा सिप्रदीका अध्यक्ष सौर्य राणा, उपाध्यक्ष राजेशप्रसाद गिरी र चिफ अपरेसन अफिसर राजनबाबु श्रेष्ठले सिप्रदीका तर्फबाट अवार्ड ग्रहण गरेका थिए ।