CanadaKhabar.com

Friday, May 3, 2024 -
  • जेस्टले टाटाको बजार थप फराकिलो बनाउनेछ

    prabin khatiwada_autonewsnepal4पछिल्लो समय टाटाका प्यासेन्जर कारको बजार फराकिलो बन्दै गएको छ । नयाँ मोडल र आधुनिक फिचरका कारण टाटा कार उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन् । टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले देशैभर सेल्स, सर्भिस र स्पेयर्स पार्टस्मा मजबुत पकड कायम गरेको छ । मुलुकका प्रमुख शहरबाट टाटा गाडी खरिद गर्न सकिने अवस्था छ भने बिक्रीपछिको सेवालाई पनि टाटाले प्राथमिकता दिइरहेको छ । टाटाका उत्पादन नेपाली उपभोक्ताको आयस्रोत–मैत्री भएका कारण पनि बजार अवस्था सुधार भइरहेको छ । सबल बजारमै सिप्रदी ट्रेडिङले टाटाको उत्कृष्ट उत्पादन जेस्ट भित्राइेएको  हो । हालसालै बजारमा भित्रिएको टाटा जेस्टका कारण टाटाको लोकप्रियता विश्व बजारमा समेत फैलिँदै गएको छ । कम्प्याक्ट सेडान सेग्मेन्टको जेस्टमा भिन्न २९ नयाँ फिचर समावेश गरिएका छन् । भर्खरै भित्रिएको जेस्ट, टाटाको बजार अवस्था र भावी योजनाबारे सिप्रदीका प्यासेन्जर कार विभाग प्रमुख प्रवीन खतिवडासँग अटोन्युजनेपाल डट कमका तोयानाथ पौडेलले गरेको कुराकानी : 

    टाटा जेस्ट कस्तो प्रकारको कार हो ?
    यो कम्प्याक्ट सेडान सेग्मेन्ट अन्तर्गतको प्रिमियम कार हो । टाटाले ठूलो मेहनत गरेर जेस्ट उत्पादन गरेको हो । पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध जेस्टमा टाटा मोटर्सले नवीन प्रविधिको प्रयोग गरेको छ । अत्याधुनिक र सुविधासम्पन्न बनाउनका लागि कम्पनीले जेस्टमा भिन्न २९ नयाँ फिचर समावेश गरेको छ । गाडीको लुक्सदेखि पावर र पर्फरमेन्स अब्बल श्रेणीको छ । जेस्ट यो सेग्मेन्टका अन्य कारभन्दा निकै फरक र आरामदायीसमेत छ ।prabin khatiwada_autonewsnepal3
    नेपालमा कम्प्याक्ट सेडान सेग्मेन्टको बजार त ठूलो देखिदैन । सिप्रदी ट्रेडिङले जेस्टबाट कस्तो अपेक्षा राखेको छ ?
    हो, नेपालमा यो सेग्मेन्टको बजार त्यति ठूलो छैन । किनभने यहाँको बजार ह्याचब्याकले कब्जा गरेको छ । भारतमा पनि पहिले ह्याचब्याककै बजार थियो । तर, अहिले सेडानले बजार लिन थालेको छ । नेपालको अटोबजारट्रेण्ड  पनि बदलिन थालेको छ । त्यसैले भोलिका दिनमा नेपालमा पनि टाटा जेस्टजस्ता कम्प्याक्ट सेडानको बजार विस्तार हुने निश्चित छ । ह्याचब्याकबाट अपग्रेड हुने क्रममा उपभोक्ताले सेडान कारको प्रयोग गर्ने गर्छन् । नेपालमा यो सेग्मेन्टको बजार भर्खरै सुरु भएको छ, जसका कारण हामीले पनि जेस्टबाट त्यति ठूलो अपेक्षा राखेका छैनौं ।अहिले वर्षमा ७ सय ५० युनिट कम्प्याक्ट सेडान बिक्री भइरहेका छन् । यो वर्ष हामीले ३ सय ५० युनिट जेस्ट बिक्री गर्ने लक्ष्य लिएका छौं  । जेस्टको आगमनसँगै सेडानको बजार थप फराकिलो बन्ने विश्वास छ ।
    अन्य ब्राण्डका कम्प्याक्ट सेडानभन्दा जेस्ट के कुरामा फरक छ ?
    तपाईं हेर्न सक्नुहुन्छ, अन्य ब्राण्डले ह्याचब्याककै प्लेटफर्ममा सेडान कार बनाइरहेका छन् । मारुती डिजायर हेर्नुहुन्छ भने स्विफ्टको प्लेटफर्ममा बनाइएको छ । त्यस्तै होन्डा अमेज कार ब्रिओको प्लेटफर्ममा र हुन्डाई एक्सेन्ट कार ग्रान्ड आइटेनको प्लेटफर्ममा बनाइएको छ । तर टाटा जेस्ट ह्याचब्याकको प्लेटफर्ममा बनेकै हैन, सीधै सेडान बनेको हो ।
    पेट्रोल गाडीमा पनि टर्बो प्रविधि प्रयोग गरिएको जेस्ट पहिलो कार हो । यो सेग्मेन्टकै सबैभन्दा बढी ९० पिएस पावर र १ सय ७५ एमएम ग्राउन्ड क्लिरियन्स छ । हार्माेन प्रविधिको ‘इन्फोटेन्मेन्ट सिस्टम’ छ । जुन प्रविधिलाई आजका दिनमा मर्सिडिज र बिएमडब्लुले समेत आत्मासात गरेका छन् । जेस्ट ‘होरिजन नेक्स्ट’ अर्थात् नेक्स्ट जेनेरेशन कार हो । जेस्टमा भएका अधिकांश फिचर अन्य गाडीमा छैनन् । त्यस्तै रेभोर्टन इन्जिनका कारण एउटै गाडीलाई इको, सिटी र स्पोर्ट गरी फरकफरक तीनवटा मोडमा चलाउन सकिन्छ । यस्तो सुविधा अन्य गाडीमा छैनन् । prabin khatiwada_autonewsnepal
    यसअघि टाटाका कारहरू डिजेल इन्जिनमा मात्र उपलब्ध थिए । अहिले जेस्ट पेट्रोलमा समेत उपलब्ध छ । पेट्रोल गाडीलाई उपभोक्ताले कत्तिको रुचाएका छन् ?
    टाटाका कारहरू डिजेल इन्जिनका कारण बजारमा लोकप्रिय छन् । तर जेस्टको हकमा भने पेट्रोल पनि अप्सन भएका कारण उपभोक्ताले अत्यधिक रुचाएका छन् । पेट्रोल गाडीमा मात्र रेर्भटन इन्जिन प्रयोग भएकाले आवश्यकता अनुसार इको, सिटी र स्पोर्ट मोडमा चलाउन सकिन्छ । नेपालमा मात्र होइन, भारतीय बजारमा समेत जेस्टको पेट्रोल गाडी बढी रुचाइएको छ ।
    भारतमा त स्वचालित गियरयुक्त (एएमटी) जेस्ट अत्यधिक रुचाइएको छ नि ? नेपालमा यो गाडी कहिलेसम्म आइपुग्छ ?
    हो, भारतमा एएमटी मोडल अत्यधिक रुचाइएको छ । डिजेल इन्जिनमा एएमटी मोडल उत्पादन गर्ने टाटा मोटर्स नै पहिलो र एकमात्र कम्पनी हो । त्यसैले पनि यसको माग अत्यधिक छ । भारतीय बजारमै एएमटीको माग अत्यधिक भएकाले हामीले तत्काल नेपाल ल्याउन सकिरहेका छैनौ  । यद्यपि अबको एकदेखि डेढ महिना भित्र एएम टी मोडलका कार पनि नेपाल आइसक्ने छन् । हामीले यसको अहिले बुकिङ मात्र लिइरहेका छौं । prabin khatiwada_autonewsnepal2
    नयाँं  प्रविधिको कार भित्रिएसंगै  बिक्रीपछिको सेवामा उपभोक्तालाई ढुक्क बनाउन कम्पनीले कस्तो तयारी गरेको छ ?
    हामीले पहिल्यैदेखि बिक्रीपछिको सेवालाई पहिलो प्राथमिकतामा राख्दै आएका छौं  । आजका दिनमा टाटाका कुनै पनि उपभोक्ताले सर्भिस नराम्रो भयो भनेर गुनासो गर्नुपरेको छैन । जेस्टको हकमा पनि उपभोक्ताले त्यस्तो कुनै समस्या भोग्नु नपरोस् भनी गाडी आउनुभन्दा अघि नै देशभरका ४० जना मेकानिक्सले भारतबाट जेस्टकै स्पेसल तालिम लिएर आएका छन् । हामीसँग स्पेयर पार्टस् पनि पर्याप्त मात्रामा उपलब्ध छन् । ग्राहकको सुविधाका लागि भनेर जेस्टमा पनि कम्पनीले ४ वर्ष वा ७५ हजार किलोमिटरको वारेन्टी दिएको छ ।
    टाटा बोल्ट कहिलेसम्म नेपाल आइपुग्छ ?
    जेस्ट जस्तै बोल्ट पनि ह्याचब्याक सेग्मेन्टमा एकदमै फरक किसिमको छ । हामीले दुई महिनापछि   ल्याउने तयारी गरिरहेका छौं । यो गाडी आएपछि ह्याचब्याकमा हाम्रो उपस्थिति थप मजबुत बन्ने निश्चित छ ।