CanadaKhabar.com

Friday, May 3, 2024 -
  • टाटा जेस्टको टेस्ट ड्राइभ सम्पन्न

    काठमाडौं,चैत २७ –TATA-Zest-press-shot नेपालमा टाटा मोटरको आधिकारिक विक्रेत सिप्रदी ट्रेडिङले टाटा जेस्ट गाडी प्रवर्दनका लागि कमलपोखरीस्थित सीटी सेन्टरमा सञ्चालन गरेको टेस्ट ड्राइभ क्याम्पिन तथा जेल्फी कन्टेस्ट समापन भएको छ ।

    १५ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा १२० कार पारखीले टेस्ट ड्राइभ,तीन सयले जेल्फी कन्टेस्ट र पाँचजनाले गाडी बुकिङ गरेको कम्पनीले जनाएको छ । हरेक टेस्ट ड्राइभमा सहभागीलाई मुभी टिकट,एक्सेसरिजलगायत उपहार,फेस पेन्टिङ र बिबोङजस्ता कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।