CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • काठमाडौं देखी पोखरासम्म बुलेट ¥याली

    काठमाडौंबाट पोखरासम्मका लागि रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकलको ¥याली सम्पन्न भएको छ । ¥यालीमा नेपालभरका तीन सय ५० भन्दा बढी मोटरसाइकल पारखीको सहभागिता रहेको थियो ।
    नयाँ बर्षको अवसर पारेर नासा बुलेट क्लबले रोयल इन्फिल्डको प्रवद्र्धन गर्न काठमाडौं–पोखरा ¥याली आयोजना गरेको हो । ¥यालीमा भारतको चेन्नईबाट समेत करिब ३० जना सहभागि भएका थिए । उनीहरु चेन्नईबाट रोयल इन्फिल्ड चढेरै काठमाडौं आएका थिए । त्यस्तै केही विदेशी नागरिक समेत ¥यालीमा सहभागी भएको आयाजकले जनाएको छ ।
    bujet
    ¥यालीमा ६ हजार पाँच सय रुपैयाँ तिरेर सहभागीता जनाउन सक्ने प्रावधान तोकिएको थियो । आयोजकले दुई सय बुलेटको ¥याली गर्ने तयारी गरेपनि सहभागी हुनेको संख्या बढेर तीन सय ५० नाघेको जनाएको छ । ¥यालीमा सहभागीले शुल्क तिरेपछि काठमाडौंदेखी पोखरासम्मको सम्पूर्ण खर्च आयोजकले नै बेहोरेको जनाएको छ ।

    ¥यालीमा सहभागी भएकालाई विभिन्न ६ विधामा अवार्डसमेत विरण गरेको आयोजकले जनाएको छ । सबै चालकलाई आयोजक आफैंले टिसर्ट प्रदान गरेपनि जनाएका छ । एउटै टिसर्ट लगाएर मोटरसाइकल हाँक्दा ‘ग्लामर’ बढ्ने आयोजकले जनाएको छ । पर्यटकीय नगरी पोखरा लगेर सबै चालकलाई ‘गेट टुगेदर’ मा सहभागी गराइ मनोरञ्जन प्रदान गर्ने उदेशय राखिएको पनि अयोजकले जनाएको छ ।