CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • आइएमई अटोमोटिभ्सको नयाँ स्किमः एक वर्षमा चार हजार युएम मोटरसाइकल बेच्ने योजना

    काठमाडौं । बैसाख २ ।

    imeआइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमोटिभ्सले अमेरिकी मोटरसाइकल कम्पनी युएम ब्राण्डको आधिकारिक विक्री सुरु गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरी आइएमई अटोमोटिभ्सले अमेरिकी उत्पादनको आधिकारिक विक्रेताका रुपमा मोटरसाइकल विक्री सुरु गरेको जानकारी दिएको छ ।

    आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन् २००९ बाट अटोमोवाइल विजनेस सुरु गरेको समूहले मोटरसाइकलको विक्री सुरु गरेको भन्दै अब यो क्षेत्रमा पनि उत्कृष्ठ काम गर्ने बताए । अमेरिकी ब्राण्डसँग काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको भन्दै ढकालले नेपालमा मोटरसाइकल पारखीका लागि उत्कृष्ठ बाइक आफूहरुले भित्र्याउने जानकारी दिए ।

    यस्तै अमेरिकी कम्पनी युएमईका बिजनेश डेभलपमेन्ट डाइरेक्टर हुआन भिल्लागासले विश्वस्तरीय मोटरसाइकलहरु नेपाल भित्रिएको भन्दै यसले नेपाली ग्राहकको आवश्यकता पुरा गर्ने बताए । नेपालमा आइएमई समूहसँग साझेदारी गर्न पाउँदा आफूहरु सन्तुष्ट भएको उनले बताए ।

    यस्तै युनाइटेड मोटर्स इन्डियाका डाइरेक्टर राजीव मिश्राले नेपाल दुई पांग्रे सवारी साधनका लागि ठुलो संभावना बोकेको बजार भएको बताए । उनले यस्तो बजारमा विस्वकै उत्कृष्ठ मोटरसाइकल भित्रिएको दावी पनि गरे ।
    मोटरसाइकल र स्कुटर गरेर एकलाख ७२ हजारदेखि तीनलाख ८५ हजार नौसय ९९ रुपैयाँसम्म पर्ने जानकारी अटोमोटिभ्सले दिएको छ । कम्पनीले भारतमा बनेका मोटरसाइकले नेपालमा ल्याएर बेच्नेछ ।