CanadaKhabar.com

Friday, May 3, 2024 -
  • काठमाडौंमा अवैध माइक्रो

    राजधानी शहर र दुईवटा उपमहानगरपालिका भएका कारण काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । राजधानी भएकै कारण काठमाडौं उपत्यकामा सवारी चाप पनि बढी छ । सडकले थामिनसक्नुको संख्यामा सवारी साधन भएका कारण ट्राफिक जाम बाक्लो हुने गरेको छ । सवारी साधनको चेकजाँच गर्ने क्रम पनि बाक्लो छ । ट्राफिक प्रहरीले बिहान, दिउँसो, बेलुका र राति नभनी सवारी चेकजाँच गर्दै आएका छन् । ट्राफिक नियम सबैलाई अनिवार्य गरिएको छ र उल्लंघन गर्नेलाई कारबाही पनि भइरहेको छ ।
    ट्राफिकले लाइसेन्स र बिल बुक परीक्षण गरेर सवारी साधनको दर्ता भए नभएको बारे जानकारी लिने गरेको छ । यहीं क्रमम उपत्यकामा दर्ता विनै दुई दर्जन माइक्रोबस सञ्चालन भइरहेको तथ्य बाहिर आएको छ । दुई महिनाअघि मात्रै नेपाल प्रहरीको विशेष टोलीले कुनै पनि निकायमा दर्ता नभएका, नक्कली कागजपत्र बनाएर चलाएका र रुट परमिट पनि नलिएका दुई दर्जन बढी माइक्रोबस नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
    महानगरीय प्रहरी परिसर ललितपुरले यस क्षेत्रमा चल्ने तीन र प्रहरी वृत्त, सातदोबाटोले दुई अवैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइसकेका छन् । त्यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अवैध रुपमा सञ्चालित ६ माइक्रोबस नियन्त्रणमा लिएको छ । प्रहरी परिसर ललितपुरले नक्कली कागजपत्र बनाएर सञ्चालन गरिएको आशंकामा थप पाँच माइक्रोबस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
    जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी पवन गिरीले उपत्यकामा अवैध रुपमा सञ्चालित सार्वजनिक सवारी साधनको खोजी कार्य भइरहेको बताए । नियन्त्रणमा लिएका केही माइक्रोबस आवश्यक कारबाहीका लागि भन्सार विभागमा पठाइसकेको र केहीको अनुसन्धान जारी रहेको डिएसपी गिरीले जानकारी दिए ।
    प्रहरीका अनुसार व्यवसायीहरुले एउटा माइक्रोबसको इन्जिन अर्को माइक्रोबसमा राखेर समेत सञ्चालन गर्ने गरेका छन् ।
    ‘अवैध रुपमा सञ्चालित सवारी साधनको खोजी भइरहेको छ, हामीले केही सवारी साधन नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार विभागमा पठाएका छौं भने केही अनुसन्धानकै क्रममा छन्’ डिएसपी गिरीले भने ।
    यी हुन् अवैध माइक्रो
    ललितपुर प्रहरी परिसरले बा १ ख ६०२०, बा १ ज १०३८ र बा १ ज ६४६ नम्बरको अवैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सार विभागको जिम्मा लगाइसकेको छ । यस्तै प्रहरी वृत्त सातदोबाटोले बा १ ज १६८४ र बा १ ख ६५५१ नम्बरको अवैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सारमा बुझाइसकेको डिएसपी गिरीले जानकारी दिए ।
    जिल्ला प्रहरी परिसर ललितपुरले बा १ ख ११३३, बा १ ख ६२८२, बा १ ख ७८८७, बा २ ख ५३४९ र बा ३ ख २६०८ नम्बरको माइक्रोबस अवैध रुपमा सञ्चालन भएको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
    महानगरीय पहरी आयुक्तको कार्यालय रानीपोखरीले नक्कली काजपत्र बनाएर सञ्चालित ६ वटा माइक्रोबस नियन्त्रणमा लिएको छ । रानीपोखरीको विशेष टोलीले बा १ ख ६७३८, बा १ ज ५४९, बा १ ज २९६७, बा १ ख ७३९२, बा १ ख ७३७५ र बा १ ख ७७५४ नम्बरको माइक्रोबस नियन्त्रणमा लिइसकेको छ ।
    उपत्यका सबै रुटमा सञ्चालन भइरहेका यात्रुवाहक सवारी साधनको विषयमा सादा पोशाकका प्रहरी र यातयात व्यवस्था विभागका प्राविधिक टोलीले गोप्य रुपमा अनुसन्धान गरेपछि यो रहस्य खुलेको हो । ‘हामीलाई शंका लागेका विषयमा सवारीधनी र सम्बन्धित रुटका व्यवसायीलाई बोलाएर बस बुझाउनसमेत अनुरोध गरेका छौं, अटेर गरे कारबाही गर्छौं’ परिसरका प्रवक्ता डिएसपी गिरीले भने ।
    महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि यो विषयमा अनुसन्धान गरिरहेको छ । महाशाखाले यस्ता सवारी साधानलाई निरुत्साहित गर्न अभियानै चलाउने जानकारी दिएको छ । अवैध रुपमा सञ्चालित भाडाका यात्रुवाहक बस मात्रै २ सयभन्दा बढी रहेको प्रहरीको भनाइ छ । प्रहरीले भने सबै गाडीलाई शंका गर्न नमिल्ने तर सकेसम्म अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्ने जनाएको छ ।
    काठमाडौं उपत्यकामा ट्रिपर, ट्रक, ट्याम्पु तथा अन्य यात्रुबाहक सवारी साधनसमेत अवैध रुपमा सञ्चालन भइरहेको स्रोतले जनाएको छ । यसअघि प्रहरीले निजी कार मात्रै अवैध रुपमा सञ्चालन भएको फेला पार्ने गरेको थियो ।राजधानी शहर र दुईवटा उपमहानगरपालिका भएका कारण काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । राजधानी भएकै कारण काठमाडौं उपत्यकामा सवारी चाप पनि बढी छ । सडकले थामिनसक्नुको संख्यामा सवारी साधन भएका कारण ट्राफिक जाम बाक्लो हुने गरेको छ । सवारी साधनको चेकजाँच गर्ने क्रम पनि बाक्लो छ । ट्राफिक प्रहरीले बिहान, दिउँसो, बेलुका र राति नभनी सवारी चेकजाँच गर्दै आएका छन् । ट्राफिक नियम सबैलाई अनिवार्य गरिएको छ र उल्लंघन गर्नेलाई कारबाही पनि भइरहेको छ ।
    ट्राफिकले लाइसेन्स र बिल बुक परीक्षण गरेर सवारी साधनको दर्ता भए÷नभएको बारे जानकारी लिने गरेको छ । यहीं क्रमम उपत्यकामा दर्ता विनै दुई दर्जन माइक्रोबस सञ्चालन भइरहेको तथ्य बाहिर आएको छ । दुई महिनाअघि मात्रै नेपाल प्रहरीको विशेष टोलीले कुनै पनि निकायमा दर्ता नभएका, नक्कली कागजपत्र बनाएर चलाएका र रुट परमिट पनि नलिएका दुई दर्जन बढी माइक्रोबस नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
    महानगरीय प्रहरी परिसर ललितपुरले यस क्षेत्रमा चल्ने तीन र प्रहरी वृत्त, सातदोबाटोले दुई अवैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइसकेका छन् । त्यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अवैध रुपमा सञ्चालित ६ माइक्रोबस नियन्त्रणमा लिएको छ । प्रहरी परिसर ललितपुरले नक्कली कागजपत्र बनाएर सञ्चालन गरिएको आशंकामा थप पाँच माइक्रोबस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
    जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी पवन गिरीले उपत्यकामा अवैध रुपमा सञ्चालित सार्वजनिक सवारी साधनको खोजी कार्य भइरहेको बताए । नियन्त्रणमा लिएका केही माइक्रोबस आवश्यक कारबाहीका लागि भन्सार विभागमा पठाइसकेको र केहीको अनुसन्धान जारी रहेको डिएसपी गिरीले जानकारी दिए ।
    प्रहरीका अनुसार व्यवसायीहरुले एउटा माइक्रोबसको इन्जिन अर्को माइक्रोबसमा राखेर समेत सञ्चालन गर्ने गरेका छन् ।
    ‘अवैध रुपमा सञ्चालित सवारी साधनको खोजी भइरहेको छ, हामीले केही सवारी साधन नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार विभागमा पठाएका छौं भने केही अनुसन्धानकै क्रममा छन्’ डिएसपी गिरीले भने ।
    यी हुन् अवैध माइक्रो
    ललितपुर प्रहरी परिसरले बा १ ख ६०२०, बा १ ज १०३८ र बा १ ज ६४६ नम्बरको अवैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सार विभागको जिम्मा लगाइसकेको छ । यस्तै प्रहरी वृत्त सातदोबाटोले बा १ ज १६८४ र बा १ ख ६५५१ नम्बरको अवैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सारमा बुझाइसकेको डिएसपी गिरीले जानकारी दिए ।
    जिल्ला प्रहरी परिसर ललितपुरले बा १ ख ११३३, बा १ ख ६२८२, बा १ ख ७८८७, बा २ ख ५३४९ र बा ३ ख २६०८ नम्बरको माइक्रोबस अवैध रुपमा सञ्चालन भएको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
    महानगरीय पहरी आयुक्तको कार्यालय रानीपोखरीले नक्कली काजपत्र बनाएर सञ्चालित ६ वटा माइक्रोबस नियन्त्रणमा लिएको छ । रानीपोखरीको विशेष टोलीले बा १ ख ६७३८, बा १ ज ५४९, बा १ ज २९६७, बा १ ख ७३९२, बा १ ख ७३७५ र बा १ ख ७७५४ नम्बरको माइक्रोबस नियन्त्रणमा लिइसकेको छ ।
    उपत्यका सबै रुटमा सञ्चालन भइरहेका यात्रुवाहक सवारी साधनको विषयमा सादा पोशाकका प्रहरी र यातयात व्यवस्था विभागका प्राविधिक टोलीले गोप्य रुपमा अनुसन्धान गरेपछि यो रहस्य खुलेको हो । ‘हामीलाई शंका लागेका विषयमा सवारीधनी र सम्बन्धित रुटका व्यवसायीलाई बोलाएर बस बुझाउनसमेत अनुरोध गरेका छौं, अटेर गरे कारबाही गर्छौं’ परिसरका प्रवक्ता डिएसपी गिरीले भने ।
    महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि यो विषयमा अनुसन्धान गरिरहेको छ । महाशाखाले यस्ता सवारी साधानलाई निरुत्साहित गर्न अभियानै चलाउने जानकारी दिएको छ । अवैध रुपमा सञ्चालित भाडाका यात्रुवाहक बस मात्रै २ सयभन्दा बढी रहेको प्रहरीको भनाइ छ । प्रहरीले भने सबै गाडीलाई शंका गर्न नमिल्ने तर सकेसम्म अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्ने जनाएको छ ।
    काठमाडौं उपत्यकामा ट्रिपर, ट्रक, ट्याम्पु तथा अन्य यात्रुबाहक सवारी साधनसमेत अवैध रुपमा सञ्चालन भइरहेको स्रोतले जनाएको छ । यसअघि प्रहरीले निजी कार मात्रै अवैध रुपमा सञ्चालन भएको फेला पार्ने गरेको थियो ।