CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • अग्नि ग्रुपदद्वारा पञ्चरत्न अवार्ड २०१५ सम्पन्न

    नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता अग्नि ग्रुपले दोस्रो  पञ्चरत्न अवार्ड कार्यक्रम वीरगंजको होटल पुजनमा एक समारोह का बिच सम्पन्न गरेको छ । अप्रिल १८ र १९ मा आयोजना गरिएको पञ्चरत्न अवार्ड अन्तर्गत कार्यक्रम अन्तर्गत महिन्द्रा ट्रयाक्टरको विभिन्न मोडेलहरु बारे विभिन्न डिलरहरुबाट सहभागी भएका सेल्स तथा मेकानिकका उम्मेदवारहरुको लागि शैद्धान्तिक एवं प्रयोगात्मक तालिम वीरगंज स्थित अग्नि ग्रुपको सुविधा सम्पन्न तालिम कक्षमा संचालन गरिएको थियो ।Pancharatna Winners FY 2014-15

    महिन्द्रा एण्ड महिन्द्राका पार्थ सारथी बेनर्जी एवं अग्नि ग्रुपका रुद्र के.सी., दिनेश निरौला र प्रताप खड्का लगायतले सेल्सका उम्मेदवारहरुलाई तालिम प्रदान गरेका थिए भने महिन्द्रा एण्ड महिन्द्राका अनिरुध बर्थवाल, जितेन्द्र सिंह एवं अग्नि ग्रुपका बसन्त बाबु सर्राफ र दिपक आचार्य लगायतले मेकानिक उम्मेदवारहरुलाई प्राविधिक तालिम प्रदान गरेको थिए ।

    उक्त तालिममा एक्साइड ब्याट्री, एपोलो टायर, माइको पम्प र शक्तिमान रोटाभेटरका प्रतिनिधिहरुले सहभागी उम्मेदवारहरुलाई आ–आफ्नो प्रोडक्टका बारेमा संक्षिप्त जानकारी समेत गराएका थिए । तालिम पश्चात दोस्रो दिन लिखित परिक्षा तथा अन्तवार्ताद्धारा उत्कृष्ट उम्मेदवारहरु छनौट गरि अवार्ड प्रदान गरिएको थियो ।

    सेल्सम्यान तर्फ साई अटो प्वाईन्ट नारायणघाटका सुरेन्द्र पौडेल, ए.एस.बी. अटोमोबाईल्स पोखराका अर्मत सुवेदी र आरती अटो मुभर्स विराटनगरका डिल्ली राज बस्नेत र मेकानिक तर्फ ए.एस.बी. अटोमोबाईल्स पोखराका संजय कुमार चौधरी, श्रीकृष्ण डिष्ट्रिव्युटर जनकपुरका सतिश कुमार मिश्रा र प्रतिष्ठा ईन्टरनेश्नल नेपालगंजका अनुल जेडा सल्मानी लागायतले क्रमशः प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्न सफल भएका अग्नि ग्रुपका प्रतिनिधि निरज पराजुलीले जानकारी दिएका छन् ।