CanadaKhabar.com

Friday, May 3, 2024 -
  • सडक सुरक्षाका लागि नयाँ निती बन्दै

    काठमाडाैं, बैशाख १० –  दिन प्रतिदिन असुरक्षित बन्दै गईरहेको सडकमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डसहितको समयसापेक्ष सडक सुरक्षासम्बन्धी नीति अवलम्बन गर्नुपर्ने खाँचो औँल्याइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले अहिलेको सडक सुरक्षा नियम सन्तोषजनक नरहेकामा चिन्ता व्यक्त गरेका हुन् ।banda maa cycle _ autonewsnepal (7)
    मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाले सडक सुरक्षा सन्तोषजनक नरहेको र त्यसलाई सुधार गर्न त्यस क्षेत्रमा सङ्गठितरुपमा लागेका सरोकारवाला तथा विज्ञहरूसँग सुझाव लिएर आवश्यक कानुन निर्माण गर्नलागिएको बताए । उनले चालकको सेवा, सुविधा तथा शर्तको उचित व्यवस्था हुन नसकेको तथा सडक प्रयोगकर्तामा पनि चेतनाको कमी रहेकाले दुर्घटना बढ्दै गएको विचार व्यक्त गरे । सडक विभागका उपनिर्देशक सरोज प्रधानले सन् २००७ मा सडक दुर्घटनाबाट ८३४ ले ज्यान गुमाएकामा सन् २०१४ मा एक हजार ८३७ को मृत्यु भएको जानकारी दिँदै यसलाई न्यूनीकरण गर्न जनस्तरमा चेतना अभिवृद्धि गर्नुपर्ने खाँचो औँल्याए ।
    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले सडक सुरक्षामा चालकको महत्वपूर्ण भूमिका हुने हुँदा उनीहरूलाई मानवीय जीवनप्रति संवेदनशील बन्न आग्रह गर्दै चालकलाई सडक नियमका विभिन्न तालिम प्रदान गर्नुपर्नेमा जोड दिए। रोड सेफ्टी सोसाइटी अफ नेपालका सदस्य नुगल वैद्यले सडक सुरक्षाका लागि पुराना सवारी साधनको प्रयोगमा प्रतिबन्ध तथा सडकको मर्मत र स्तरोन्नति गर्नुपर्ने विचार व्यक्त गर्दै यात्रु तथा बटुवालाई पनि सडक नियमप्रति जिम्मेवार बन्न सुझाव दिए। मन्त्रालयले शुक्रबार सरोकारवालासँग छलफल तथा शनिबार पदयात्रा गर्न लागेको बताइएको छ ।