CanadaKhabar.com

Monday, May 6, 2024 -
  • कियाको मनसुन एक्सचेन्ज अफर सम्पन्न

    किया कारको बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले लागू गरिएको मनसुन एक्सचेन्ज अफर सकिएको छ । कियाको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल एसोसियट प्रालिले आफ्ना उपभोक्ता लक्षित मनसुन एक्सचेन्ज अफर सम्पन्न भएको जनाएको हो ।

    असार १० देखि १६ गतेसम्मका लागि योजना आयोजना गरिएको थियो । कम्पनीको शो रुममा आयोजित उक्त अफर कार्यक्रममा ३० गाडी साटफेर गरिएको कम्पीले जनाएको छ । निशान, टोयाटा, डाईहात्सु, हुण्डाई र मारुती सुजुकीका गाडीहरू साटफेर भएका थिए ।

    सो अफरमा उपभोक्तालाई विशेष छुटसमेत उपलब्ध गराइएको थियो । अफर समयमा गाडीको पार्टपुर्जा र सडक मर्मत शुल्क र कर निःशुल्क गरिएको थियो । योजना अवधिमा कियाको सोल र स्पोर्टेज कार उपभोक्ताले रुचाएका थिए ।
    kia