CanadaKhabar.com

Monday, May 6, 2024 -
  • नयाँं ट्याक्सी ल्याए आन्दोलन गर्ने चेतावनी

    काठमाडौ, ६ साउन । मिटर जडित ट्याक्सीसँग सम्बन्धित संघ तथा मजदुर संगठनहरुले सरकारले काठमाडौमा २३५० वटा नयाँ ट्याक्सी थप्ने गरी गरेको निर्णयखारेजीसहित १३ बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएका छन ।
    श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी ब्यवसायी संघ, राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र ट्याक्सी ईकाई, फ्रेन्डली ट्याक्सी सेवा समिति, नेपाल स्वतन्त्र यातायात मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघ (क्रान्तिकारी)ले बुधवार राजधानीमा संयूक्त पत्रकार सम्मेलन गरेर त्यस्तो चेतावनी दिएका हुन । taxi
    पत्रकार सम्मेलनमा यातायात ब्यवस्था मन्त्रालयले असार २४ गते नयाँ ट्याक्सी थप्ने निर्णय अब्यवहारिक भएको र यसले ७ हजार ५ सय ट्याक्सी ब्यवसायी मार्ने भन्दै तत्काल त्यस्तो निर्णय फिर्ता लिन आग्रह गरियो ।
    ट्याक्सी ब्यवसायीहरुले असार २४ गतेको ट्याक्सी थप्ने निर्णय स्थागित गर्नु पर्ने, , एक सर्वपक्षीय उच्चस्तरीय छानविन समिति बनाई सो पश्चान नीति स्पष्ट पारेर मात्र लागु गर्नु पर्ने, २३५० ट्याक्सी थपिदा सोही संख्यामा टेम्पो, जीप, माईक्रोबस, बस र ट्रकको नयाँ दर्ता गराउनु पर्ने, भुकम्प पीडितलाई दिईने गाडीमा सबै खाले कर छुट गर्नु पर्ने, बढी सीसीका बातानुकुलित ट्याक्सी ल्याउने नीति बनाउनु पर्ने, बा. २ ज. नम्बरको ट्याक्सी दर्तागर्ने षडयन्त्र बन्द गर्नु पर्ने, थप स्टाण्ड बनाउनु पर्ने, ट्राफिक प्रहरीको ज्यादती बन्द गर्नु पर्ने, गाडि माफीयाको चलखेल बन्द गर्नु पर्ने लगायतका १३ बुँदे माग अघि सारेका छन ।
    पत्रकार सम्मेलनमा श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी ब्यवसायी संघका अध्यक्ष प्रकाश बस्नेतले आफूहरुको माग सात दिनभित्र पुरा गरे शसक्त विरोधको कार्यक्रम ल्याउने चेतावनी दिए ।
    यातायात ब्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले अधिकार छ भन्दैमा मजदुर मार्न नपाईने भन्दै भुकम्प पीडितको नाममा नयाँ ट्याक्सी भित्राएर चालु रहेका ट्याक्सी ब्यवसायीहरुलाई रोजगार बनाउने सरकारलाई त्यसै नछाड्ने चेतावनी दिए । उनले आफूहरुले अघि सारेका माग तत्काल पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भुकम्प पीडितको टाउको बेचेर कमिसनखोरहरुले १८५० खाली र ५०० भुकम्प पीडितको नाम देखाएर आफ्नो कुत्सित योजना पुरा गर्न खोजेको बताए ।
    पत्रकार सम्मेलनमा स्वस्तिक स्वरोजगार ऋषि ट्याक्सी ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष राम थापाले गाडि माफीयहरुले मजदुरलाई मार्न खोजेको दावी गर्दै ७५०० ट्याक्सी ब्यवसायीका पाँच लाख परिवारलाई भोकमारीमा पार्न खोजेको आरोप लगाए । उनले काग्रेसको महाधिवेशनमा लाग्ने ३ करोड खर्च उठाउन यस्तो निर्णय गरेको दावी गरे ।