CanadaKhabar.com

Monday, May 6, 2024 -
  • १ लिटर पानीले ५०० किलोमिटर गुड्ने मोटरसाइकल (भिडियो सहित)

    ब्राजिलको साओ पावलोमा बस्ने रिकार्डो अजेभेडो नामका एक ब्यक्तिले अनौठो मोटरबाइकको आविस्कार गरेका छन् । पानीबाट चल्ने मोटर साइकल बनाएर उनले दुनियाँलाई चकित पारेका हुन् ।

    रिकार्डोले बनाएको मोटरसाइकल १ लिटर पानीले ५०० किलोमिटर गुड्न सक्छ । “T Power H20” नामको यो मोटरसाइकल यसमा एक कारको ब्याट्री जोडिएको छ । जसले पानीबाट हाइड्रोजनका मोलिक्युललाई टुक्राउने काम गर्छ ।

    यसकै कारण उत्पन्न उर्जाले मोटरसाइकल गुड्न सक्छ ।

    भिडियोमा रिकार्डोले पहिले आफूले पिएको पानी मोटरसाइकलमा हालेको देखिन्छ । अनि मोटरसाइकल समेत चलेको छ । यो बाइकमा खोलाको धमीलो पानि समेत इन्धनकोरुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ । यी ब्राजिली नागरिकले वातावरण मैत्री बाइक बनाएर संसारलाई देखाएका हुन् ।
    -एजेन्सी र नेपालीहेड्लाइन्सको सहयोगमा ।