CanadaKhabar.com

Monday, December 15, 2025 -

होन्डाले ल्यायो १६० सिसी युनिकर्न बाइक

होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको सिबी युनिकर्न १६० मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ ।

२ लाख ३७ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकलमा बढी माइलेज दिनका लागि भनेर इएचटी इन्जिन राखिएकाे छ ।

यो मोटरसाइकल इम्पेरियल रेड, मेटालिक जेनी, ग्रे मेटालिक, पर्ल ब्ल्याक र सनबिम ह्वाइट जस्ता आकर्षक सेडहरुमा उपलब्ध छ।
honda
यसका फिचर तथा विशेषताहरु यसप्रकार रहेका छन्ः

इन्जिन– १६२.७१ सीसी, एअर कुलिङ, सिंगल सिलीण्डर

पावर– १४.५ बीएचपी (८००० आररपीएम)

टर्क– १४.६ एनएम (६००० आररपीएम)

ब्रोक×स्ट्रोक– ५७×६३ मिमि

अगाडिको टायर साइज– ८०÷१००×१७

पछाडिको टायर साइज– ११०÷८०×१७

डाइमेन्सन– लम्बाइः २०४५ मिमि, चौडाइः ७८० मिमि र उचाईः १०६० मिमि

ह्विल बेस–१३२४ मिमि

ग्राउण्ड क्लियरेन्सः १५० मिमि

अत्याधिक गति– १०६ किमि प्रतिघण्टा