CanadaKhabar.com

Friday, May 3, 2024 -
  • यूएम बाइकको शोरुम जमल नाचघरमा

     

    नेपालका लागि अमेरिकी ब्रान्ड युएम वाइकको आधिकारिक वितरक आइएमई अटोमोटिभ्सले काठमाडौं जमलस्थित राष्ट्रिय नाचघर कम्प्लेक्समा नयाँ र अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । शोरुम उद्घाटनको अवसर पारी नेपालमा यूएम ग्लोबल ब्राण्डका टू ह्वीलरको कारोवार औपचारिक रुपमा प्रारम्भ भएको समेत जानकारी गराइएको थियो ।
    युएम अमेरिकी ब्रान्डको मोटरसाइकल भएकाले विश्वभर लोकप्रिय बन्दै गएको छ । यो मोटरसाइकलको निर्माण र डिजाइन अमेरिकामा भएको हो । विश्वका ३० देशमा यसको कारोवार हुदै आइरहेको छ । नेपाली बजारमा भने भारतमा निर्मित युएम बाइक उपलव्ध हुने वताइएको छ । स्टाइल र डिजाइनमा उत्कृष्ट साबित भैसकेको विश्व विख्यात अमेरिकन ब्रान्ड युएम बाइकको बिक्री वितरण कार्य आफूहरुले गर्न पाउँदा खुसीलागेको आइएमईका अध्यक्ष चन्द्र ढकालले वताए । ‘देशका अन्य प्रमुख शहरहरुमा पनि बिक्री र विक्री पछिको सेवा विस्तार गर्दै लैजाने योजनामा छौ’ उनले भने, ‘छिट्टै नेपाली उपभोक्ताले यी वाइकलाई मन पराउने विश्वास लिएका छौ ।’ime byke

    सोही अवसरमा युएम इण्डियाका डाइरेक्टर राजिव मिश्राले आईएमई समूहसँगको सम्बन्धले युएम मोटरसाइकलको बजार प्रबन्धनमा राम्रो सहयोग मिलेको र आगामी दिनमा आइएमईले नेपालका प्रत्येक शहरमा सुबिधा सम्पन्न शो रुम खोल्दै जाने बिश्वास ब्यक्त गरे ।

    आईएमई अटोमोटिभ्सका प्रमूख कार्यकारी अधिकृत कपिल शिवाकोटीले युएम मोटरसाइकलहरुको प्रमुख विशेषताका रुपमा आकर्षक डिजाइन र रङ भएको जनकारी गराए । यि मोटरसाइकलमा युएसबि चार्ज गर्ने ठाऊँ, युएम जेल सिट र छरितो ड्यासबोर्ड रहेको छ । यि वाइक १२५ देखि २३० सिसिसम्मको क्षमतामा उपलव्ध छन् भने स्कूटर, क्रुजर, क्याफे क्रुजर, डर्टस् एण्ड मोटार्डस्, कम्युटर र स्ट्रिट सिरिजहरुमा उपलब्ध छन् । नेपाली बजारमा रु.१ लाख ७२ हजारदेखी ३ लाख ८६ हजारसम्मका यि वाइक खरिद गर्न सकिन्छ ।