CanadaKhabar.com

Friday, May 3, 2024 -
  • जेन्युन आयल मात्र प्रयोग गरौं

    niraj copy (1)

    निरज तिवारी
    सर्भिस् म्यानेजर,
    युनाइटेड ट्रेर्डस् सिन्डिकेट प्रालि

           सवारी साधनमा लुब्रिकेन्ट्स प्रयोग अनिवार्य छ । सामान्यतया लुब्रिकेन्ट्सको चारवटा काम हुन्छ । लुब्रिकेन्ट्सले आन्तरिक मेसिनलाई चिल्लो बनाई घर्षण कम पैदा गराउँछ । त्यस्तै इन्जिनलाई चिस्याउने काम गर्छ । अर्काे भनेको पिस्टन र सिलिन्डरको बीचमा लुब्रिकेन्ट्स गएर बसिदिन्छ । जसले गर्र्दा दुई वटा भागले राम्ररी काम गर्न सक्छन् ।

    बाहिरी वातावरणबाट विभिन्न धूलो, धूवाँ गइरहेको हुन्छ । त्यसलाई सफा गर्ने काम पनि लुब्रिकेन्ट्सले गर्दै आएको छ । जुनसुकै सवारी उत्पादक कम्पनीले लुब्रिकेन्ट्स प्रयोगका लागि निश्चित समय तोकिदिने गरेका छन् । उक्त समयभित्र नियमित लुब्रिकेन्ट्स परिवर्तन गरी सवारीलाई कन्डिसनमा राख्नु सवारी धनीको दायित्व हो ।
    उत्पादक कम्पनीहरूले प्रायः ५ हजार किलोमिटर वा तीन महिनाको अवधिमा लुब्रिकेन्ट्स परिवर्तन गर्नुपर्ने समयसीमा तोकेका हुन्छन् । समयसीमाभित्रै लुब्रिकेन्ट्स परिवर्तन गर्नु जरुरी हुन्छ । तर, कुनै कम्पनीले १० हजार किलोमिटरसम्मका लागि लुब्रिकेन्ट्स परिवर्तन गर्ने समय दिएको छ भने उपभोक्ताले समयसीमा नाघिहाल्छन् । १० हजार किलोमिटर पुगेपछि पनि उपभोक्ताले बल्ल १० हजार किलोमिटर त गुड्यो भन्दै १२ हजार किलोमिटरसम्म वा त्योभन्दा बढी पु¥याएर लुब्रिकेन्ट्स परिवर्तन गर्ने बानी बसेको छ, जुन गलत हो । हाम्रो जस्तो अधिक धूवाँ र हिलो भएको सडकमा सवारी साधन गुडाउँदा समयमै इन्जिन आयल प्रयोग गर्न ढिलाइ गरे सवारी साधनमै क्षति पुग्छ ।
    टोयोटाको सवारी साधन खरिद गर्ने उपभोक्तालाई हामीले ५ हजारदेखी ७ हजार किलोमिटरसम्म सवारी गुडेपछि इन्जिनआयल परिवर्तन गर्न सिफारिस गर्दै आएका छौं । हामीले पाँच हजार किलोमिटर नै नभनेर पाँच हजारदेखि सात हजार किलोमिटरसम्म किन भन्ने गरेका छौं भने कहिलेकाहीं काठमाडौं बाहिर गएको गाडी आउन ढिला हुन्छ वा उपभोक्ताका अन्य जरुरी कामले केही ढिलाइ हुन सक्छ । तर, सकेसम्म प्रत्येक पाँच हजार किलोमिटर सवारी गुडेपछि लुब्रिकेन्ट्स परिवर्तनका लागि आउनुस् वा प्रत्येक तीन महिनामा आउनुस् भन्ने गरेका छौं ।

    तीन महिना वा पाँच हजार किलोमिटर कुन चाहिँ पहिले आउँछ, त्यहींअनुसार इन्जिन आयल परिवर्तन गर्नुपर्छ भनेर उपभोक्तालाई सुझाव दिइरहेका छौं । तीन महिनापछि जुनसुकै इन्जिन आयलको काम गर्ने क्षमता कम हुँदै जान्छ, त्यसैले हामीले तीन महिनाको समयसीमा दिएर इन्जिन आयल परिवर्तनका लागि सुझाव दिने गरेका हौं । लुब्रिकेन्ट्सले राम्रो काम गर्न सकेन भने सीधै इन्जिनमा असर पुग्छ ।
    उत्पादकले १० हजार किलोमिटरसम्म सिफारिस गरेको छ भने नेपाली उपभोक्ताले चाहिँ १२ हजार किलोमिटर पु¥याइहाल्नछन् । तोकिएभन्दा बढी समय वा किलोमिटर गुडाउन हुन्न किन भनेको भने बाटोको अवस्था धूलो, हिलो उस्तै छ । यसले गदा एयरफिल्टर जाम भइरहेको हुन्छ । एयर फिल्टर जाम भएर काम नगर्ने भयो भने गाडीमा समस्या देखिन थालिहाल्छ ।
    इन्जिन आयलले सीधै पिस्टन समात्ने हो । बेयरिङ पनि समात्छ । त्यो पनि भएन क्र्याङ्क समात्छ । हामीले सास फेर्न गाह्रो भएजस्तै हो, लुब्रिकेन्ट्स समय–समयमा परिवर्तन गर्न सकेनौं भने एयर फिल्टरमा समस्या देखिन्छ । समयमै लुब्रिकेन्ट्स प्रयोग गर्न सकिएन भने सवारी साधनमा नोक्सानी हुन्छ । नेपाली उपभोक्ताले समयमै लुब्रिकेन्ट्स प्रयोग नगर्ने अनि मेरो गाडी गुड्न छाड्यो भन्दै वर्कसपमा धाउने गर्छन् । यो नेपालकै जल्दोबल्दो समस्या हो ।

    एक वर्षसम्म गाडी गुडाउँदा पनि एक हजार किलोमिटर मात्रै गुडेको छ भने अझै तीन, चार हजार किलोमिटर गुडेपछि मात्रै लुब्रिकेन्ट्स परिवर्तन गर्ने भनेर उपभोक्ता बस्ने गरेको पाइन्छ । तर, यो गलत सोचाइ हो । जति लामो समयसम्म लुब्रिकेन्ट्स फेर्न ढिलाइ ग¥यो, इन्जिनको चिल्लोपना पनि घट्दै जान्छ । जसले गर्दा उपकरणहरू जाम हुने, आवाज धेरै आउने समस्या देखिन्छ । र, त्यस्तो गाडीमा उपभोक्ताले नसोचेको खर्च हुन जान्छ ।
    गाडी नगुडाइराख्ने तर लुब्रिकेन्ट्स परिवर्तन गर्नका लागि तोकिएजति किलोमिटर गुडेको छैन भनेर उपभोक्ता बस्दा गाडीमा समस्या देखिन थालेको हुन्छ । त्यसैले घरमा राखिरहेको गाडीलाई बेला–बेलामा स्टार्ट गरेर इन्जिनलाई चलायमान बनाइराख्नुपर्छ । यसरी बेला–बेला स्टार्ट गर्दा लुब्रिकेन्ट्सले काम गरिरहन्छ । गाडी थन्केर बसेको अवस्थामा लुब्रिकेन्ट्स चल्न पाउँदैन । त्यसैले यस्तो अवस्थामा तीन महिनापछि लुब्रिकेन्ट्स परिवर्तन गर्नु राम्रो हुन्छ ।
    निजी सवारी धनीहरू कस्तो लुब्रिकेन्ट्स प्रयोग गर्ने भन्ने विषयमा सचेत छन् । व्यावसायिक प्रयोजनका सवारीमा केही समस्या होलान् । जस्तो कि टोयोटाको ‘ए’ भन्ने उपभोक्ताले सवारीमा क्यास्ट्रोल लुब्रिकेन्ट्स प्रयोग गरिरहेको छ भने उसले नियमित क्यास्ट्रोल लुब्रिकेन्ट्स प्रयोग गरिरहेको हुन्छ । गाडीको इन्जिन सुहाउँदो लुब्रिकेन्ट्स छनोट गर्नु सबैभन्दा राम्रो हुन्छ । आजभोलि गाडी निर्माता कम्पनी आफैंले उपभोक्तालाई कुन लुब्रिकेन्ट्स प्रयोग गर्ने भनेर सिफारिस गर्दै आएका छन् । कम्पनीले इन्जिन सुहाउँदो लुब्रिकेन्ट्सको पहिचान गरी उपभाक्तालाई सिफारिस गर्दै आएका छन् । स्वाभाविक रूपमा कम्पनीले सिफारिस गरेको लुब्रिकेन्ट्सले इन्जिनको आयु लामो हुने विश्वास गरिन्छ । त्यसैले सिफारि गरिएको जेन्युन आयल प्रयोग गर्नु उत्तम हुन्छ ।

    गाडी निर्माता कम्पनीले ठूलो खर्च गरेर इन्जिनमा कुन लुब्रिकेन्ट्स प्रयोग हुँदा सबैभन्दा राम्रो हुन्छ भनेर परीक्षण गरेका हुन्छन् । त्यसैले कम्पनीले सिफारिस गरेको लुब्रिकेन्ट्स प्रयोग गर्नु बुद्धिमता ठहरिन्छ । टोयोटा गाडीमा हामीले टोयोटा जेन्युन आयल प्रयोग गर्न सिफारिस गर्दै आएका छौं ।
    उपभोक्ताले केही समयपछि अर्कै ब्रान्डको लुब्रिकेन्ट्स प्रयोग गर्न चाहँदा पनि इन्जिनमा खासै फरक पर्दैन । तर, जुनसुकै ब्रान्डको इन्जिन आयल प्रयोग गरे पनि एपिआई ग्रेड भने एउटै हुनुपर्छ । पहिले जुन एपिआई ग्रेडको लुब्रिकेन्ट्स प्रयोग गरेको हो, पछि अर्कै ब्रान्ड छान्दा पनि एपिआई ग्रेड भने एउटै हुनुपर्छ । फरक ब्रान्ड रोज्दा ग्रेडसमेत फरक प¥यो भने समस्या आउन सक्छ । खासगरी लुब्रिकेन्ट्सपिच्छे तापक्रम सोस्ने क्षमता फरक हुने भएकाले सवारीको इन्जिन सुहाउँदो ग्रेडअनुसारको लुब्रिकेन्ट्स प्रयोग गर्नु जरुरी छ ।