CanadaKhabar.com

Friday, May 3, 2024 -
  • सिप्रदीले ल्यायो इन्भामोर इन्भर्टर व्याट्री

    भरपर्दो सवारी साधन उत्पादन गर्ने कम्पनीको रुपमा स्थापित सिप्रदी ट्रेडिङ्गले टि प्लेट जडान गरिएको इन्भामोर इन्भर्टर व्याट्रि बजारमा ल्याएको छ । सिप्रदी एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता हो । ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै टिप्लेट जडान भएको इन्भर्टर ब्याट्रि बजारमा ल्याइएको जानकारी कम्पनीले दिएको छ । sipradee

    ब्याट्रीमा डीप चार्ज गर्न मिल्ने, विशेष प्रकारको फ्लोटले पानी हाल्दा सजिलो र पोखिने जोखिम कम रहेको कम्पनीले जनाएको छ । ब्याट्रीको कन्टेनरलाई रिब्स डिजाइनमा निर्माण गरिएको हुनाले तात्न र हानिकार ग्यासलाई वाहिर आउन नदिने कम्पनीले जनाएको छ । exide

    एसिड लेभल हाई हुँदा ब्याट्रीमा बारम्बार रिफिल गर्ने झमेला नहुने, डबल क्लयाड सेपरेशन लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।
    टी–प्लेट टेक्नोलोजी जडान भएको यो ब्याट्रीले लामो समयसम्म ब्याकअप दिने र कम समयमै चार्ज हुने बताइएको छ ।