CanadaKhabar.com

Friday, May 3, 2024 -
  • यसरी छान्नुस् कार

    car-selection

    आफूसँग भएको बजेटमा ध्यान दिनुस्

    उपभोक्ताले प्रायः अरुको कुरा सुनेर कार किन्छन्, आफूले राम्रोसँग बुझ्दैनन् । कार किन्नुअघि आफ्नो आवश्यकता र आयस्रोतलाई ख्याल गर्नुपर्छ । सबैभन्दा पहिले आफूसँग भएको रकम सुहाउँदो कार खरिद गर्ने सोच बनाउनुपर्छ । तर, धेरै उपभोक्ता स्टाइलिस् मोडल र अरुले कुरा गरेको भरमा कार किन्छन् ।

    शूरुमा यो कुरा पक्का गर्नुस् की कारका लागि तपाई सजिलै कति रकम खर्च गर्न सक्नुहन्छ । कार किन्नु भन्दा अघि शो–रुममा रहेका कर्मचारीसँग मूल्यबारे खुलेर कुरा गर्नुस् । प्रत्येक मोडलमा रहेको फिचरको बारेमा स–विस्तार बुझ्नुस् । र, सबै मोडलका गाडीको बीचमा रहेको फरक बारेमा राम्ररी मुल्यांकन गर्नुस् । त्यसपछि आफूलाई आवश्यक सुविधासहितको कार छनौट गर्नुस् ।

    तर, तपाई आफ्नो बजेटभन्दा कतिमाथी जान खोज्नु हुँदैछ, यसबारेमा भने सतर्क रहनुस् । त्यस्तै कारमा भएको कुन सुविधाले भविष्यमा मदत गर्छ र कुन सुविधा बेकार हुन्छ, त्यसबारे पनि ख्याल गर्नुस् ।

    परिवार संख्या सुहाउँदो आकार छान्नुस्

    कार किन्नु भन्दा अघि तपाँइको आवश्यकता के हो ? त्यसमा ध्यान दिनुस् । यदि तपाईको परिवार सानो छ र शहरी क्षेत्रमा मात्रै गुडाउने सोच्नु भएको छ भने ह्याचब्याक सबैभन्दा राम्रो विकल्प हुन्छ । परिवार ठूलो छ र तपाईसँग मनग्ये पैसा छ भने एसयुभी सेग्मेन्टको कार किन्नुस् । यो सेग्मेन्टका गाडीमा धेरै यात्रु अटाउनुका साथै सामान पनि धेरै राख्न मिल्छ ।

    यदि तपाई स्पोर्टी लुक्स भएको कारको खोजीमा हुनुहुन्छ र लामो यात्रामा गइरहनुपर्छ भने एसयुभी सेग्मेन्टका गाडी रोज्नुस् । यस्ता गाडीले सडकमा धेरै राम्रो पफरमेन्स दिन्छन् । यस्ता गाडी आरामदायी र लामो समयको यात्राका लागि उपयोगी हुन्छन् । तर, शहरको चर्को ट्राफिक जाममा भने एसयुभी गाडी चलाउन गाह्रो हुन्छ । त्यस्तै आरामदायी यात्रा चाहने र प्राय सिटी एरियामामात्र कार चलाउनेहरुले सेडान गाडी खरिद गर्दा उपयुक्त हुन्छ ।

    माइलेज: जसले लामो यात्रा गर्न सघाउँछ

    car-selection1

    कार खरिद गर्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्ष माइलेज पनि हो । आजको समयमा एउटै कार दुइवटा इन्जिनमा उपलब्ध भइरहेको छ । जस्तै फक्सवागनको पोलो १.२ र १.६ लिटर दुई इन्जिनमा उपलब्ध छन् ।

    पेट्रोलको तुलनामा डिजेल इन्जिन बढी किफायती हुन्छ । मानिसहरु माइलेज राम्रो दिने कारण देखाउँदै डिजेल इन्जिन कार धेरै किन्ने गरेका छन् । तर, थोेरै यात्रा मात्रै गर्छन् । त्यसैले कारको माइलेज र आफूले दैनिक रुपमा यात्रा गर्ने दुरीलाई ध्यान दिएर कार किन्नु उपयुक्त हुन्छ ।

    कम मर्मत शुल्कमा राम्रो पर्फरमेन्स

    कार किन्नुभन्दा पहिले उपभोक्ताले मर्मत शुल्कबारे ध्यान दिनु जरुरी छ । आजभोली भन्न थालिएको छ की कार किन्न सजिलो छ तर मर्मत गर्दैै चलाउन कठिन छ । नयाँको तुलनामा पुरानो कारको मर्मत गर्न सजिलो र सस्तो पर्ने देखिन्छ । उदाहरणका लागि मारुतीको अल्टोको पार्टपुर्जा सजिलै पाइन्छ र मर्मत खर्च पनि कम लाग्छ ।

    त्यसैले कार छान्नुअघि कम्पनीले उपलब्ध गराएको निःशुल्क मर्मतसम्बन्धि योजनाबारे राम्ररी बुझनुपर्छ । प्रायः सबै कम्पनीले निश्चित समय वा निश्चित संख्यामा निःशुल्क मर्मत सुविधा दिइरहेका छन्, जुन उपभोक्ताका लागि फाइदाजनक हुन्छ ।

    लक्जरी बनावट र अत्याधुनिक सुविधा

    आजभोली प्रत्येक कारमा अत्याधुनिक सुविधाका साथमा अलग–अलग मोडल पाइन थालेको छ । धेरै कार निर्माताले सुरक्षामा ध्यान दिएर एबिएस र एयर ब्यागजस्ता सुविधा सबै मोडलमा अनिवार्य गर्न थालेका छन् । मूल्यमा तुलना गर्ने हो भने सुरक्षासम्बन्धि सुविधा जोडिएका कारको मूल्य अन्यभन्दा बढी हुन्छ । जस्तै मारुती एर्टिगाको जेडएक्सआई मोडल अर्को बिएक्सआई भन्दा करिब एक लाख रुपैयाँ बढी पर्छ ।

    यसका अलवा घामलाई छेक्ने मितव्ययी छानो, महँगो म्यूजिक सिस्टम, नेविगेसन लगायतका सुविधा पनि हुन्छन् । यस्ता अत्याधुनिक सुविधा भएका कारको मूल्य सामान्य कारभन्दा धेरै हुन्छ । कार खरिद गर्नुअघि तपाई यस्ता कुरामा सतर्क हुनुभयो भने अनावश्यक खर्च गर्नबाट बच्नुहुन्छ ।