CanadaKhabar.com

Friday, May 3, 2024 -
  • इटालियन भेस्पा नेपाली बजारमा, मुल्य दुईलाख ५० हजार

    vespa1

    स्कुटर पारखीका लागि खुशीको खवर । वहुचर्चित स्कुटर भेस्पा नेपाल भित्रिएको छ । इटालियन कम्पनी पियाजियोले भारतमा निर्माण गरेको स्टाइलिस र पावरफुल भेस्पा स्कुटरलाई डि लाइफ स्टाइल्सले नेपाल भित्राएको हो ।

    भारतमा निर्माण गरिएकोले स्कुटरको मुल्य समेत सुलभ छ । यसअघि नेपाल भित्रिएको भेस्पा स्कुटरको बजार मुल्य चार लाख हाराहारीमा थियो । तर, भारतवाट अयातित यी स्कुटरलाई भने दुई लाख ५० हजारमै खरिद गर्न सकिन्छ । मुल्य सुलभ भएका कारण पनि नेपाली उपभोक्तामाझ भेस्पाका स्कुटर छिट्टै लोकप्रिय हुने कम्पनीको विश्वास छ । हाल बजारमा भेस्पाका ‘भिएक्स’ र ‘एस’ गरी दुई मोडलका स्कुटर उपलव्ध छन् । दुवै स्कुटर एक सय २५ सिसी क्षमताका हुन् । जसको बजार मुल्य क्रमसः दुई लाख ४९ हजार नौं सय ४६ र दुई लाख ६३ हजार नौ सय ४६ रुपैयाँ तोकिएको छ ।

    हाल नेपाली बजारमा एक सय १० सिसीसम्मका स्कुटरको वर्चस्व छ । हुन त यसअघि विभिन्न कम्पनीले १ सय २५ सिसी क्षमताका स्कुटर नेपाली बजारमा नभित्राएका भने होइनन् । तर ति स्कुटरले अपेक्षकृत बजार लिन सकेनन् । कम सिसीका स्कुटर प्रयोग गरिरहेका उपभोक्ताको अपग्रेड हुने चाहनालाई भेस्पाका एक सय २५ सीसी क्षमताका स्कुटरले पुरा गर्न सक्ने देखिन्छ ।

    भेस्पाको लुक्स, स्टाइल र पावर एकदमै मजवुत छ । फोर स्ट्रोक, थ्री भल्भ इन्जिनयुक्त भेस्पा स्कुटरको पावर र टर्क समेत उच्च छ । यी स्कुटरको अधिकतम पावर ९.९ विएचपी र अधिकतम टर्क १.०८ किलोग्राम रहेको छ । कार्वोरेटर इन्जिन जडान गरिएकोले इन्जिनमा ठूलो समस्या आउने देखिदैन । समस्या आइहाले पनि तत्काल मर्मत सम्भार गर्न सकिन्छ ।

    स्टिल फ्रेममा डिजाइन गरिएकाले वाहिरी वनावट निकै वलियो र मजवुत छ । जसका कारण सामन्य दुर्घटनाका समयमा समेत स्कुटरको वाहिरी भाग टुटफुट हुन पाउँदैन । दुइवटै स्कुटरको अगाडी चक्कामा दुई सय एमएमको डिस्क ब्रेक र पछाडीको चक्कामा एक सय ४० एमएमको ड्रम ब्रेक जडान गरिएको छ । ट्युवलेस् टायर र डिस्क ब्रेक प्रयोग गरिएका कारण भेस्पासँगको यात्रा सुरक्षित र प्रभाबकारी हुने देखिन्छ ।

    सजिलो र छरितो साधन भएकाले नेपाली बजारमा स्कुटरको माग दिनप्रतिदिन वढ्दो छ । महिला र पुरुष दुवै वर्गले रुचीका साथ प्रयोग गर्न थालेपछि स्कुटरको विक्री हरेक वर्ष उकालो लागिरहेको छ । भेस्पाको आगमनसंगै स्कुटरको बजार झनै फराकिलो हुने जानकारहरु वताँउछन् । यद्यपी नयाँ ब्रान्ड भएकाले उपभोक्ताको विश्वास जित्नु भेस्पाका लागि उत्तिकै चुनौतीपूर्ण पनि छ । आयतकर्ता कम्पनी डि लाइफ स्टाइल्सले उपभोक्ताको मन जित्ने गरी विक्री र विक्री पछिको सेवामा विशेष ध्यान दिनु जरुरी छ । उपभोक्ताले पनि स्कुटरको बारेमा राम्ररी जानकारी लिई खरिद गर्नु वुद्धिमानी हुन्छ ।